बिहिवार, माघ ३ २०८१
माघ ३ गते काठमाडौ । काठमाडौ बर्नहार्ट कलेजले बार्षिक रुपमा संचालन गर्दै आएको स्पोर्ट्स मिट शुरु भएको छ। बुधवार एक कार्यक्रमका बिच 'Anual Sports Meet - 2081' उद्घाटन गरेको हो।

बर्नहार्टले पढाइ संगसंगै खेल तथा अन्य अतिरिक्त क्रियाकलापहरुलाई समेत बिशेष महत्त्व दिने गरेको छ। काठमाडौ महानगर वडा नम्बर १४ बल्खुमा अवस्थित यस स्कुल/ कलेजले विद्यार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती लगाएत चौतर्फी बिकासको लागि हरेक बर्ष CCA तथा ECA कार्यक्रमहरु गर्दै आएको छ।
स्पोर्ट्स मिट २०८१ मा बास्केटबल, फुटसल, बेडमेन्टिन, टेबलटेनिस, चेस, रनिङ (१ सय मिटर र ४०० मिटर) सटफुट, लङ्जम्प, हाइजम्प, डोरितान्ने लगाएत खेलहरु खेलाइने खेल संयोजक तथा ECA इन्चार्ज सुजन रेग्मिले बताउनुभयो। स्पोर्ट्स मिट - २०८१ अन्तर्गतका खेलहरु मध्य बास्केटबल, फूटसल, टेबलटेनिस, बेडमिन्टन, चेस, लगाएत खेलहरु कलेजकै खेल मैदानमा खेलाइने छन भने एथलेटिक्स अन्तर्गतका सबै खेलहरु किर्तिपुर स्थित ल्याब खेलमैदानमा खेलाइने छन्।

स्पोर्ट्स मिट २०८१मा कक्षा ११ र १२ का करिब एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी रहने स्कुल/कलेजका प्रिन्सिपल अमृत भट्ट्ले बताउनुभयो ।
स्पोर्ट्स मिट २०८१ को उद्घाटन काठमाडौ बर्नहार्ट स्कुल/कलेजका कार्यकारी निर्देशक नवराज अधिकारीले विद्यार्थीहरुलाई बल हस्तान्तरण गरेर गर्नुभयो। उद्घाटन समारोहमा कलेजका शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्राचार्य अमृत बाबू भट्ट लगाएत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।