बिहिवार, माघ ३ २०८१
माघ, ३ गते/ काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा चिकित्साका विभिन्न विषयमा एक वर्षे फेलोसिपका लागि भर्ना खुलेको छ। आइओएम अन्तर्गतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरिएको हो।
भर्नाको लागि आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ। भने प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुनेछ।
इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको www.iom.edu.np/ clinicalfellowship / public मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ।
