Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिटिल क्लाइम्बर्स स्कुलको स्पोर्ट्स मिट सम्पन्न

लिटिल क्लाइम्बर्स स्कुलको स्पोर्ट्स मिट सम्पन्न

  • 858
    SHARES

  • लिटिल क्लाइम्बर्स स्कुलको स्पोर्ट्स मिट सम्पन्न

    माघ, ९ गते/ काठमाडौँको। नागार्जुन नगरपालिका वडा नम्बर- २ ठूलोभर्र्याङ्स्थित लिटिल क्लाइम्बर्स स्कुलको स्पोर्ट्स मिट २०८१ सम्पन्न भएको छ।  मंगलबार एक कार्यक्रमका बिच विजेता विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै Sports Meet- 2081 सम्पन्न भएको हो।

    IMG_7758.JPG

    खेलकुद सप्ताहमा विद्यालयका करिब २ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाएका थिए। स्पोर्ट्स मिटमा फूटसल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार लगाएत खेलहरु खेलाइएको थियो।

    FB_IMG_1737550207582~2.jpg

    स्पोर्ट्स मिट अन्तर्गत भएका खेलहरुमा सबैभन्दा बढी मेडल जित्दै Green House ले प्रथम स्थान हासिल गरेको छ। भने Yellow House द्वितीय, Red House तृतीय र Blue House प्रोत्साहन पुरस्कार प्राप्त गर्दै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

    FB_IMG_1737550145666.jpg

    खेलकुदबाट विद्यार्थीको शारीरिक बिकास साथसाथै  मानसिक बिकासमा समेत मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल दिलिप रेग्मीले बताउनुभयो। विद्यार्थीहरुको  मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ रेग्मीले भन्नुभयो।

    IMG_7774.JPG

     खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाई व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको भाईसप्रिन्सिपल कविता नेपालले बताउनुभयो । खेल संगै संस्कार समेत सिकाउने भएकोले हार जित भन्दापनी स्वास्थ्यको लागि खेलकुद अति आवश्यक छ भन्दै विद्यार्थीहरु बिच हुने स्वस्थ प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्न मद्दत गर्ने नेपालले बताउनुभयो

    FB_IMG_1737550267324~2.jpg

    Sports meet को कार्यक्रम सन्चालन स्कूल Coordinator शिक्षिका नविना शाही तामाङले गर्नुभएको थियो। पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र तथा ट्रफिहरु बितरण गरिएको थियो।

    FB_IMG_1737550240428~2.jpgFB_IMG_1737550232135~2.jpgIMG_7891.JPGIMG_7883.JPGIMG_7879.JPG

    images
    बुधवार, माघ ९ २०८१०६:३०:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार