शुक्रवार, माघ ११ २०८१
माघ, ११ गते/ काठमाडौँको। द सनसाइन स्कुलको हरेक बर्ष आयोजना गर्ने खेलकुद सप्ताह शुरु भएको छ। काठमाडौ महानगरपालिका वडा नम्बर- १६ बिजेश्वरीस्थित त्यस क्षेत्रकै अब्बल रहेको उक्त स्कुलले बिहिबार एक कार्यक्रमका बिच खेलकुद सप्ताह उद्घाटन गरेको हो।

खेलहरु माघ १६ गते सम्म खेलाइने छन् । र १६ गते पुरस्कार बितरण गर्दै खेलकुद सप्ताहको समापन गरिने प्रिन्सिपल बाबुराम गौतमले जानकारी दिनुभयो। खेलकुद सप्ताहमा विद्यालयका करिब तीन सय भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाउने प्रिन्सिपल गौतमले बताउनुभयो।

खेलकुद सप्ताहमा भलिबल, फूटबल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार, खो खो, कबडी, म्याराथन, रिले, डोरितन्ने, छेलो, भला, डज्बल, बलुन फुटाई, चम्चा दौड, रहस्यमय खेल(कमान्डरको आदेश/ लाइन तान्ने) गणितीय दौड, चकले टटिप्ने लगाएत विभिन्न खेलहरु खेलाइने छन्। 

खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा समेत मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल बाबुराम गौतमले बताउनुभयो ।




