शनिवार, माघ १२ २०८१
माघ, ११ गते/ काठमाडौ । काठमाडौ महानगरपालिका वडा १३ कालिमाटी स्थित एभरेस्ट इनोभेटिभ स्कुलले बिज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ। कालिमाटी क्षेत्रकै अब्बल मानिदै आएको यस बिद्यालयले आधारभुत तह देखी कक्षा १० सम्मका विद्यार्थीहरुले पढाई संगसंगै गरेका अन्य रचनात्मक क्रियाकलाप तथा कामहरुको प्रदर्शनी (exhibition) गरेको हो।

उक्त बिद्यालयले हरेक बर्ष यस्तो प्रदर्शनी गर्दै आएको छ। EIS Science Exhibition - 2081 मा अभिभावक, सामाजिक ब्याक्तित्वहरु संगै स्थानिय भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। बिज्ञान प्रदर्शनी कार्यक्रममा बिद्यालयका CEO हरि प्रसाद काफ्ले, प्रशासनिक प्रमुख रामप्रसाद पौडेल, क्याम्पस प्रमुख दिपक कुमार झा, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, स्कुल प्रिन्सिपल केबि चित्रकार लगाएत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा विद्यार्थीले बनाएका विभिन्न प्रकारका कला र शिल्प, पेन्टिङ, प्रोजेक्ट वर्क पोर्टफोलियो, शैक्षिक सामाग्री र डकुमेन्ट्रीहरुको प्रदशनी गरेको थियो।
विद्यार्थीहरुले बर्षभरी गरेका प्रोजेक्टहरु बिद्यालयले सुरक्षीत राखेको हुन्छ र त्यसलैलाई बिद्यालयले हरेक बर्ष प्रदर्शनीमा राखेको EIS/EIC का प्रशासनिक प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो। उहाँले यस्तो प्रदर्शनीबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने र सर्बांगिण बिकासको लागि उत्प्रेरित गर्ने बताउनुभयो।

यस्तो प्रदर्शनीबाट अभिभावकहरुले आफ्नो बालाबालिकाहरु बिद्यालयमा गएर के के गर्छन भन्ने कुरा अवलोकन गर्दछन र आफ्नो छोराछोरीहरुको सिर्जना देखेर खुशी हुन्छन् । यस्ता प्रर्दशनले उनिहरुको अन्तर्निहित क्षमताको पहिचान गर्ने मौका पाउने भएकोले अभिभावकहरुलाई समेत बोलाएर बृहत् रुपमा प्रदर्शनीको अवलोकन गर्ने गरेको CEO हरि प्रसाद काफ्लेले बताउनुभयो। साथै यो प्रदर्शनी विद्यार्थीहरुको लागि Exposure को राम्रो माध्यम बन्ने बिश्वास ब्यक्तगर्नुभयो।

बिज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा अन्वेषण र आविस्कार गर्ने क्षमताको बिकास गर्ने EIC का बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठले बताउनुभयो ।
प्रदर्शनीमा अभिभावकहरु हरेक स्टलमा राखेका चित्र, पेन्टिङ, लगाएत अन्य कला तथा सामाग्रीहरुको अवलोकन गर्दै आफ्नो बालबालिकाले बनाएका प्रोजेक्टहरु देखेर दंग देखिन्थे भने विद्यार्थीहरु आफुले सिर्जना गरेका प्रोजेक्टहरुको बारे अवलोकन गर्न आएका बिशिस्ट अतिथी तथा अभिभावकहरुलाई सभ्यरुपमा ब्याख्या गरिरहेका देखिन्थे।





