Jul 27 2026 | २०८३, श्रावण ११ गते

नोप्सोद्वारा आयोजित १२ वर्ष मुनिको फूटसल टुर्नामेन्ट सम्पन्न

नोप्सोद्वारा आयोजित १२ वर्ष मुनिको फूटसल टुर्नामेन्ट सम्पन्न

  • 1.4K
    SHARES

  • नोप्सोद्वारा आयोजित १२ वर्ष मुनिको फूटसल टुर्नामेन्ट सम्पन्न

    माघ, १९, काठमाडौ। नोप्सो (North-western Private Schools Organization- NOPSO) काठमाडौद्वारा आयोजित १२ बर्षमुनिका विद्यार्थीहरुलक्षित (Under 12) फूटसल टुर्नामेन्ट भब्य रुपमा सम्पन्न भएको छ। काठमाडौको रानिबनस्थित एक फूटसल मैदानमा शुक्रबार र शनिवार दुईदिनसम्म चलेको फूटसल टुर्नामेन्ट सम्पन्न भनेको हो।

    IMG_9694~2.JPG

    फुटसल प्रतियोगितामा नोप्सो सदस्य विद्यालय रहेका  १३ टिमको सहभागिता रहेको थियो। खेल नकाउट चरणमा खेलाइएको खेल थियो। प्रतियोगितामा प्रथम र द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। नागार्जुन नगरपालिका प्याब्सन अध्यक्ष बाशुदेव घिमिरे र नोप्सो अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

    IMG_9729~2.JPGIMG_9715~2.JPG

    फूटसल प्रतियोगिताको उपाधी ठुलोभर्‍याङस्थित पिपुल्स फ्रेन्डसिप स्कुलले हात पारेको । त्यस्तै स्वयम्भूस्थित द एक्सेल पब्लिक स्कुल द्वितीय, चेतना सदन स्कुल तृतीय र सिग्मा स्कुल्ले चौथो स्थान हात पारेको छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी एक्सेल पब्लिक स्कुलका सुदिप तामाङ उत्कृष्ट गोलकर्ता पिपल्स फ्रेन्डसीप स्कुलका केसाङ शेर्पाले  ट्रफी प्राप्त गरे।

    IMG_9664.JPG

    फूटसल प्रतियोगिता प्याब्सन काठमाडौ जिल्लाका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले उद्घाटन गर्नुभएको थियो।

    IMG_9168~2.JPG

    कार्यक्रममा प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष वाशुदेव घिमिरे, नोप्सो संस्थापक अध्यक्ष युवराज बस्ताकोटी, पुर्व अध्यक्ष राजेश्वर श्रेष्ठ, प्याब्सन नागार्जुन का उपाध्यक्ष डिवि ढकाल, कोषाध्यक्ष हिरा खनाल, नोप्सो सचिव हरिबिक्रम खड्का, कोषाध्यक्ष जयसिंह धामी, ग्लोबल भिजन स्कुलका प्रिन्सिपल तथा नोप्सो सदस्य चन्द्र वाग्ले, लगाएत विभिन्न स्कुलका प्राचार्य, खेल प्रशिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    IMG_9158~2.JPGIMG_9155~2.JPGIMG_9175~2.JPGIMG_9659~2.JPGIMG_9709~2.JPGIMG_9707~2.JPG

    images
    शनिवार, माघ १९ २०८१०९:१३:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार