Jul 27 2026 | २०८३, श्रावण ११ गते

पिपल्स कप अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट शुरु

पिपल्स कप अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट शुरु

  • 379
    SHARES

  • पिपल्स कप अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट शुरु

    माघ, २० काठमाडौ। नागार्जुन नगरपालिका ४, सितापाइलास्थित पिपल्स एकेडेमीले आयोजना गरेको प्रथम पिपल्स कप अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट (1st PEOPLE'S CUP BASKETBAL TOURNMENT) शुरु भएको छ। शनिबार विद्यालय प्राङ्गणको बास्केटबल कोर्टमा प्रथम अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट शुरु भएको हो।

    FB_IMG_1738408384027~2.jpg

    बास्केटबल टुर्नामेन्टमा  छात्र जुनियर तर्फ १४ टिम, छात्र सिनियर तर्फ २० वटा टिम, सिनियर छात्रा तर्फ ११ टिम र स्टाफ टिम तर्फ ९ वटा टिम रहेका छन्।

    FB_IMG_1738408374984.jpg

    स्कुल प्राचार्य रामबाबु सेढाईको सभापतित्वमा नेशनल प्याब्सन काठमाडौका अध्यक्ष अमृत कुमार खड्काको प्रमुख अतिथ्यता तथा बिशिस्ट अतिथी नेशनल प्याब्सनका केन्द्रिय सदस्य खडक बहादुर बस्नेतको उपस्थितिमा बास्केटबल टुर्नामेन्ट उद्घाटन भयो। 

    FB_IMG_1738408395523.jpg

    उद्घाटन समारोहमा बोल्दै प्राचार्य रामबाबु सेढाईले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै विद्यालयहरु बीचमा मित्रता कायम राखी खेलाडीहरुको प्रतिस्प्रधात्मक भावनाको विकास गर्ने एवं अनुशासित र जिम्वेवारीपुर्वक आफ्नो शीप र कलालाई विकास गर्ने उद्देश्यल रहेको बताउनुभयो। प्राचार्य सेढाईले पिपल्स कप बास्केटबल टुर्नामेन्ट आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्दै अझ भब्य ढंगले निरन्तरता दिनेपनि बताउनुभयो।

    IMG_0046.JPG

    बास्केटबल टुर्नामेन्टमा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सेढाईले बताउनुभयो। बास्केटबल टुर्नामेन्ट माघ २४ गते पुरस्कार वितरण गर्दै समापन गरिने उहाँले बताउनुभयो ।

    FB_IMG_1738506111968.jpg

    images
    आइतवार, माघ २० २०८१०८:३५:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार