Oct 02 2026 | २०८३, आश्विन १६ गते

गण्डकी पब्लिक स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन

गण्डकी पब्लिक स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन

  • 686
    SHARES

  • गण्डकी पब्लिक स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन

    माघ, २३ गते। काठमाडौ महानगरपालिका म्हेपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन भएको छ। बुधवार विद्यालय प्राङ्गणमा विद्यार्थी स्काउटको बिशेष मार्चपास सहित बेलुन उडाउदै खेलकुद सप्ताह उद्घाटन भएको हो।

    IMG_0580.JPG

    IMG_0561~2.JPG

    खेलकुद सप्ताहमा विद्यालयका करिब ६ सय भन्दा बढी विद्यार्थीहरुको सहभागी रहने प्रिन्सिपल आरसी भट्टले बताउनुभयो। फूटसल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार लगाएत बालबालिकाहरुले खेल्ने विभिन्न खेलहरु खेलाइने छन्।

    IMG_0614.JPG

    खेलकुदबाट शारीरिक बिकास साथसाथै  मानसिक बिकासमा समेत  मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल आरसी भट्टले बताउनुभयो । विद्यार्थीहरुको  मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ भट्टले भन्नुभयो।

    IMG_0547.JPG

    खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको प्रिन्सिपल भट्टको भनाई थियो।

    IMG_0550.JPGIMG_0536.JPGIMG_0626.JPGIMG_0594.JPGIMG_0570.JPG

    images
    बुधवार, माघ २३ २०८१०९:३९:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार