Jul 27 2026 | २०८३, श्रावण ११ गते

ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

  • 785
    SHARES

  • ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

    माघ, २४ गते। किर्तिपूर नगरपालिका, ५ पिपलबोटस्थित ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन भएको छ। बिहिवार ग्रीन भिलेज एजुकेसन फाउन्डेसन प्राङ्गणमा विद्यार्थी बिशेष मार्चपास, नृत्य सहित रंगीचंगी बेलुन उडाउदै  Annual Sports Meet- 2081 उद्घाटन भएको हो।

    IMG_0646~2.JPG

    खेलकुद सप्ताहमा विद्यालयका करिब ७ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी रहने संस्थापक प्रिन्सिपल तथा प्याब्सन किर्तिपूर अध्यक्ष रवि भन्डारिले बताउनुभयो। खेलकुद सप्ताहमा फूटसल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार लगाएत बालबालिकाहरुले खेल्ने विभिन्न खेलहरु खेलाइने छन्।

    IMG_0736~2.JPG

    खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा मद्दत पुर्याउने बताउनुभयो। खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल भण्डारीले बताउनुभयो । खेलकुदले शारीरिक र मानसिक बाहेक सामाजिक सद्भाव बढाउने, मामाजिक एकता कायम गर्ने, सहकार्यको बिकास गर्दछ, भण्डारिले भन्नुभयो।

    IMG_0715.JPG

    खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको प्रिन्सिपल भण्डारीको भनाई छ।

    IMG_0776~3.JPG

    खेलकुद कार्यक्रम विद्यालयका इसिए भाइस प्रिन्सिपल ॐ प्रकाश पोख्रेलले संचालन गर्नुभयो। खेलकुद उद्घाटन समारोहमा एकेडेमिक भाइस प्रिन्सिपल पुण्य प्रसाद भारती, स्वास्थ्य टिम, लगाएत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। खेलकुद सप्ताह ४ दिनसम्म चल्ने जानकारी दिइएको छ।

    IMG20250206104332.jpgIMG20250206115059~3.jpgIMG_0693~2.JPGIMG_0784.JPGIMG_0787.JPGIMG_0771.JPGIMG_0757.JPGIMG_0701.JPG

    images
    बिहिवार, माघ २४ २०८१०७:००:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार