बुधवार, माघ ३० २०८१
माघ, ३०गते/ तनहुँ। आँबुखैरेनी गाऊँपालिका तनहूँको आयोजनामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाऊँपालिका अध्यक्ष श्री शुक्र चुमानको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधी, ई.प्र.का.आँबुखैरेनीका प्रमुख, बालमैत्री स्थानीय शासन गाऊँ समितीका सदस्य, प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमुख एवं शाखा प्रमुखहरु, वडा सचिव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा पालिका उपाध्यक्ष श्री दुर्गा अर्यालले स्वागत गरेका थिए भने राष्ट्रीय बाल अधिकार परिषद, गण्डकी प्रदेश समन्वय अधिकृत श्री बद्री प्रसाद वाग्लेले कार्यक्रमको विषय प्रति सहजीकरण गरेका थियो ।
कार्यक्रमका सभापति तथा पालिका अध्यक्ष शुक्र चुमान सहित कार्यक्रममा उपस्थित सम्पूर्णले आ.व.२०८२ साल चैत मशान्त सम्म गाऊँपालिकालाई बालमैत्री गाऊँपालिका बनाउन पूर्ण रूपले सहयोग गर्ने/गराउने सामूहिक प्रतिबद्धता सहित पत्रमा हस्ताक्षर गरेका छन् ।
बालमैत्री आँबुखैरेनी गाँउपालिका निर्माण गर्ने यो अभियानमा आ आफनो ठाउबाट साथ सहयोग प्रदान गर्नको लागी पालिकाले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।