Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई परीक्षा केन्द्रभित्र विद्यार्थीको हातमा मोबाइल भेटिए फिर्ता नहुने

एसईई परीक्षा केन्द्रभित्र विद्यार्थीको हातमा मोबाइल भेटिए फिर्ता नहुने

  • 1.3K
    SHARES

  • एसईई परीक्षा केन्द्रभित्र विद्यार्थीको हातमा मोबाइल भेटिए फिर्ता नहुने

    चैत, ४ गते/ बारा। एसईई परीक्षा केन्द्रमा विद्यार्थीको प्रवेशपत्र बाहेक सबै प्रकारका सामाग्रीहरु पूर्ण रुपमा निषेध गरिनुका साथै केन्द्रभित्र भेटिएको मोबाइल फिर्ता नहुने जानकारी दिएको छ।

    जिल्ला शिक्षा समन्वय इकाई बाराले सम्बन्धित सबै पक्षलाई पत्राचार गर्दै प्रवेशपत्र बाहेक मोबाइल, किताब, गाइड लगायत चिट चोरीका लागि विद्यार्थीले प्रयोग गर्ने सबै प्रकारका सामाग्रीहरू पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो।

    यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० लाई स्वच्छ, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्नको लागि जिल्ला परीक्षा समन्वय समितिको निर्णय अनुसार केन्द्रमा निषेध गरिएको मोबाइल भेटिए फिर्ता नगर्ने इकाईले जारी गरेको सूचनामा उल्लेख छ।

    त्यसैगरी जिल्ला परीक्षा समन्वय समितिको अध्यक्ष र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले जारी गरेको परिचय पत्र भए मात्र परीक्षा केन्द्रभित्र प्रवेश गर्न दिने परिचय पत्र नभएको खण्डमा जो सुकै भएपनि परीक्षा केन्द्रभित्र प्रवेश गर्न नदिने इकाइ प्रमुख हेमराज खतिवडाले जनाएका छन् ।

    FB_IMG_1742206418108.jpg

    images
    सोमवार, चैत्र ३ २०८१०४:०८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार