Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

  • 1.1K
    SHARES

  • त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

    चैत, ११ गते/काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार डिन कार्यलयमा तालाबन्दी गरेका छन।

    गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् ।

    सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ । तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको विद्यार्थीहरुको भनाइ छ ।

    विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका छन् । हाल रिटोटलिङको लागि प्रति विषय ५०० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

    यस्तो छ बिज्ञप्ति

    Screenshot_2025-03-24-16-28-21-89~2.jpg

    images
    सोमवार, चैत्र १० २०८१०५:५७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार