Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपकुलपतिको राजिनामा राजनीतिक दवाबमा भएको भए प्रतिकार गर्छौ : नेविसंघ ।

उपकुलपतिको राजिनामा राजनीतिक दवाबमा भएको भए प्रतिकार गर्छौ : नेविसंघ ।

  • 1.1K
    SHARES

  • उपकुलपतिको राजिनामा राजनीतिक दवाबमा भएको भए प्रतिकार गर्छौ : नेविसंघ ।

    काठमाडौ। नेपाल विद्यार्थी संघले (नेविसंघ) त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजिनामा कुनै राजनीतिक दवाबमा भएको भए प्रतिकार गर्ने चेतावनी दिएको छ। नेविसंघले एक बिज्ञप्ति जारी गर्दै गर्दै नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिको अकस्मात् राजीनामा दिनुलाई अस्वाभाविक भन्दै राजनीतिक दबाब भए प्रतिकार गर्ने चेतावनी दिएको हो।

    राजीनामा केवल व्यक्तिगत कारणले मात्र भएको हो वा त्यसका पछाडि कुनै राजनीतिक हस्तक्षेप, दबाब वा अस्वाभाविक शक्ति प्रयोग लुकेको हो भन्ने विषय स्पष्ट हुनु आवश्यक रहेको बिज्ञप्तिमा उल्लेख छ। नेपाल विद्याथी संघ लामो समयदेखि त्रिभुवन विश्वविद्यालयलाई राजनीति मुक्त, पूर्ण रूपमा स्वायत्त र योग्यता आधारित प्रणालीमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको बताउदै प्रधानमन्त्री स्वयं कुलपति हुने अस्वाभाविक व्यवस्था विश्वविद्यालयको स्वायत्ततालाई कमजोर बनाउने मुख्य कारण रहेको बिज्ञप्तिमा लेखिएको छ।

    कुनै पनि प्राज्ञिक संस्थाले राजनीतिक हस्तक्षेपको थलो बन्नुहुँदैन, बरु अनुसन्धान, नवीनता र गुणस्तरीय शिक्षाको केन्द्र बन्नुपर्छ नेविसंघले भनेको छ।

    यदि उपकुलपतिज्यूको राजीनामा कुनै राजनीतिक हस्तक्षेप, प्रशासनिक अराजकता वा दवावका कारण भएको हो भने, यो गम्भीर चिन्ताको विषय हो। विश्वविद्यालय प्रशासनलाई नियन्त्रित गरेर, योग्यतालाई बेवास्ता गरेर, भागबण्डाको आधारमा पदहरू वितरण गर्ने प्रवृत्तिले उच्च शिक्षालाई नै बन्धक बनाएको छ, जसले विश्वविद्यालयको प्रतिष्ठा र शैक्षिक गुणस्तरलाई गम्भीर असर पार्नेछ ।

    नेपाल विद्याथी संघ स्पष्ट रूपमा भन्छ-अब पनि विश्वविद्यालय प्रशासन राजनीतिक हस्तक्षेपबाट मुक्त नभए, विद्याथीहरू केवल नारा जुलुसमा सीमित हुने छैनन, निर्णायक संघर्षको बाटो अपनाउन बाध्य हुनेछौं । कुनै पनि हालतमा त्रिभुवन विश्वविद्यालयलाई सत्ता र शक्तिका लोभीहरूको खेलौना बन्न दिंदैनौं । योग्य, सक्षम र स्वायत् नेतृत्वले मात्र विश्वविद्यालयको अस्तित्व र गुणस्तर जोगाउन सक्छ नेविसंघले भनेको छ।

    त्यसैले, नेपाल विद्याथी संघ त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पदाधिकारीहरूको नियुक्ति योग्यता, अनुभव र निष्पक्षताका आधारमा गरिनुपर्ने, राजनीतिक भागवण्डा तत्काल अन्त्य गर्नुपर्ने, र विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउन स्पष्ट नीति ल्याइनुपर्ने माग समेत गरेको छ। साथै अविलम्ब सम्बोधन गरिएनन् भने, नेपाल विद्याथी संघ निर्णायक संघर्ष गर्न बाध्य हुने नेविसंघले चेतावनी दिएको छ।

    यस्तो छ बिज्ञपति 

    Screenshot_2025-04-04-14-13-14-94_f598e1360c96b5a5aa16536c303cff92.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार