Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ जिल्ला प्याब्सनले पायो पुर्णता

काठमाडौ जिल्ला प्याब्सनले पायो पुर्णता

  • 685
    SHARES

  • काठमाडौ जिल्ला प्याब्सनले पायो पुर्णता

    चैत, २३ गते/ काठमाडौ। निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले पुर्णता पाएको छ। शुक्रवार जिल्लाको तेस्रो पुर्ण बैठकले जिल्ला समितिमा केही पदाधिकारी तथा सदस्य मनोनित गर्दै समितीलाई पुर्णता दिएकोछ।

    प्याब्सन जिल्ला अध्यक्ष नवराज भट्टको अध्यक्षता र केन्द्रिय अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा बसेको बैठकले उपाध्यक्षमा सुर्य बहादुर भण्डारी र सुर्य बहादुर केसिलाई मनोनित गरेको छ। त्यस्तै सह-सचिवमा डिएन सिवाकोटी, सह-कोषाध्यक्षमा सुशील प्रसाईं, अनिल सुब्बा र सदस्यमा राजेश श्रेष्ठ मनोनीत गरेको छ।

    FB_IMG_1743839812096.jpg

    त्यस्तै बैठकले शैक्षिक गुणस्तरको अभिवृद्धि , पेसागत हकहितको प्राप्ति , साङ्गठनिक सुदृढीकरण एवम् विस्तारमा पुर्याइएकाे योगदानको मूल्याङ्कन गर्दै पुर्व जिल्ला सचीव ओम ढकाललाई कानुनी सल्लाहकारमा मनोनीत गरेको छ।

    तेस्रो पुर्ण बैठकले संगठन र आर्थिक सम्बन्धी विभिन्न महत्वपुर्ण निर्णय गरेको कोषाध्यक्ष डिएन अधिकारीले बताउनुभयो । संगठन सम्बन्धी विभिन्न बिभागहरु गठन गरेको छ। त्यस्तै बैठकले निजि विद्यालयमा आपतकालिन अवस्थामा सगयोग पुर्‍याउन 'प्याब्सन वेल फेयर फन्ड' बनाउने र खर्चमा मितव्ययी गर्ने निर्णय गरेको अधिकारीले बताउनुभयो।

    बैठकमा हालै सम्पन्न महाधिवेशनमा काठमाडौ जिल्लाबाट केन्द्रमा निर्वाचित भएका अध्यक्ष लगाएत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ।

    Screenshot_2025-04-05-13-04-39-41_512d59465dcd1d9c8e9be3e706423fdf.jpgScreenshot_2025-04-05-13-04-54-19_512d59465dcd1d9c8e9be3e706423fdf.jpgScreenshot_2025-04-05-13-05-17-82_512d59465dcd1d9c8e9be3e706423fdf.jpg

     

     

    images
    शनिवार, चैत्र २२ २०८११२:२२:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार