शनिवार, चैत्र २२ २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको भन्दै मागहरू पुरा गरेर पठाउने बताउनुभयो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सरकारको विश्वास भएर नै उहाँहरु आउनुभएको छ। नत्र पहिले यस्तो प्रदर्शन गर्नुहुन्थ्यो नि। प्रदर्शन गरेपनि कानमा बतास लाग्दैन भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वासले आउनुभएको छ। हामी कुरा गर्छौँ, उहाँको आवाज सुन्छौं। न उहाँहरु सरकार विरोधी हो, न सरकार उहाँहरुको।’
उहाँले सरकारले कुनै नकारात्मक दृष्टिकोण नराख्ने भन्दै धेरै दुख नगर्न आग्रह गर्नुभयो।