Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक आन्दोलन : संस्थागत विद्यालय संगठन प्याब्सन र एनप्याब्सनले जनाए ऐक्यबद्धता ।

शिक्षक आन्दोलन : संस्थागत विद्यालय संगठन प्याब्सन र एनप्याब्सनले जनाए ऐक्यबद्धता ।

  • 1.9K
    SHARES

  • शिक्षक आन्दोलन : संस्थागत विद्यालय संगठन प्याब्सन र एनप्याब्सनले जनाए ऐक्यबद्धता ।

    चैत, २६ गते/काठमाडौँ। संस्थागत विद्यालयहरूका छाता संगठन प्याब्सन र एनप्याब्सनले विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।

    सोमबार प्याब्सन तथा एनप्याब्सनले संयुक्तरुपमा एक बिज्ञप्ति जारी गर्दै सहमतिको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रमा विश्वास र स्थायित्व कायम गर्न मद्दत गर्ने भन्दै कार्यान्वयनलाई जोड् दिएका हुन् ।

    नेपाल शिक्षक महासङ्गको आह्वानमा विद्यालय शिक्षा विधेयक संसदबाट पारित गरी शिक्षा ऐन निर्माण गर्नुपर्ने मागसहित देशभरिका शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ। नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा, शिक्षण-सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकार र सबै सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुन हामी जोडदार माग गर्दछौं बिज्ञप्तिमा भनिएको छ।

    विद्यालय शिक्षा विधेयक संसदमा छलफलमा रहेको सन्दर्भमा, नेपाल सरकार र सम्बन्धित सरोकारवालाविच आवश्यक छलफल तथा सहकार्य गरी विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौं। यसले हाल देखिएका गतिरोधहरू अन्त्य गर्दै शिक्षा क्षेत्रमा स्थायित्व र स्पष्टता ल्याउने बिज्ञप्तिमा उल्लेख छ।

    साथै नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको अवस्थामा, शिक्षण–सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकार र सबै सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुनुपर्ने उनिहरूको भनाई छ ।

    यसैगरी निजी क्षेत्रको योगदानको सम्मान, निजी विद्यालयहरूसँग सम्बद्ध संस्थाहरू प्याब्सन र नेशनल प्याब्सन, शिक्षक महासङ्घको आन्दोलनका जायज मागहरूमा ऐक्यबद्धता प्रकट गर्दै विद्यालय बन्द बाहेकका सबै आन्दोलनका कार्यक्रमहरूमा साथ, सहयोग, र समर्थन रहेको जनाएका छन् ।

    यस्तो छ बिज्ञप्ति : 

    Screenshot_2025-04-08-20-26-12-02_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    मंगलवार, चैत्र २५ २०८१०८:३६:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार