Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा अव ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै: आगामी जेठ १५देखि सम्पुर्ण सेवा अनलाइनबाट हुने।

त्रिविमा अव ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै: आगामी जेठ १५देखि सम्पुर्ण सेवा अनलाइनबाट हुने।

  • 835
    SHARES

  • त्रिविमा अव ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै: आगामी जेठ १५देखि सम्पुर्ण सेवा अनलाइनबाट हुने।

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ ।

    वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको हो ।

    त्रिभुवन विश्वविद्यालयले आफ्‌नै पद्धति तयार गरी Online सेवा कार्यान्वयनको अवस्थामा पुगेको जानकारी गराउँदै २०८२ वैशाख २ गते प्रातः ११:०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि Online सेवा संचालन हुने जानकारी दिएको छ । साथै अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०६२ साल जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का. बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु Online बाट संचालन गरिनेछ ।

    Online फाराम भर्न student.tuexam.edu.np मा login गरी दिइएको निर्देशन अनुसार फाराम भरी तोकिएको शुल्क संलग्न बैंक मार्फत Online बाट भुक्तानी गरी submit गर्नु पर्नेछ। यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भए बमोजिम मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा correction option मा गई सच्याएर submit गर्नु पर्नेछ ।

    Online वितरण गरिएका मार्कसीट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेंलो सक्कल मार्कसीटमा फरक पर्न गए Application ID को Slip र पहेंलो सक्कल मांकसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ । यसरी फाराम Online माध्यमबाट submit गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न सबैलाई सुचित गरेको छ।

    IMG_20250415_103710.jpg

     

    images
    मंगलवार, बैशाख २ २०८२१०:४२:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार