Jul 27 2026 | २०८३, श्रावण ११ गते

देशभरका विद्यालय कर्मचारीहरुद्वारा कालोपट्टी बाँधेर काम सुरु

देशभरका विद्यालय कर्मचारीहरुद्वारा कालोपट्टी बाँधेर काम सुरु

  • 1.3K
    SHARES

  • देशभरका विद्यालय कर्मचारीहरुद्वारा कालोपट्टी बाँधेर काम सुरु

    काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि आन्दोलन पश्चात् आफ्नो माग मुद्दा नसमेटिएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत देशभरका विद्यालय कर्मचारीहरुले कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । परिषदले प्रथम चरणको आन्दोलनअन्तर्गत आजबाट कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् ।

    २९ दिन लामो काठमाडौं केन्द्रीत आन्दोलनप्रश्चात शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति जुटेको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीका कुनै पनि माग र मुद्दा समावेशन नभएको कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले बताए।

    परिषद्ले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत आगामी जेठ ३ गतेसम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने रहेका छन् ।

    त्यसैगरी जेठ ६ गते देशभरका शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझउने, जेठ ७ गते सातै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्रालयमा बुझाउने र जेठ ९ र १० गते काठमाडौंस्थित माइतीघर मण्डलादेखि सडक आन्दोलन सुरु गर्ने कार्यतालिका परिषद्ले सार्वजनिक गरेको छ । जेठ ९ र १० गतेको प्रदर्शनपश्चात तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिने पनि परिषद्ले जनाएको छ ।

    शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरु कार्यान्वयन गर्न, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउन, तलब मान कायम गराउन, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउन, तोकिएकै समयमा शिक्षा ऐन जारी गराउन र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन आन्दोलनको आवश्यकता परेको परिषद्ले बताएको छ ।

    परिषद्ले बब्बन मिश्रा संयोजक र दिप खतिवडा सहसंयोजक रहेको आन्दोलन परिचालन समितिसमेत गठन गरिसकेको छ ।

    images
    आइतवार, बैशाख २१ २०८२०९:२६:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार