आइतवार, जेठ ५ २०८२
जेठ, ४ गते/ काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० उपसमितिमा छलफल सकिएको छ। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति द्वारा गठित उपसमितिले ४५ दिन लगाएर प्रतिवेदन तयार पारेको छ ।
उपसमितिले सहमति जुट्न नसकेका विषयमा समितिमै लगेर छलफल गर्नुपर्ने निष्कर्ष सहित आइतवार प्रतिवेदन बुझाउँदै छन् ।
उपसमितिमा धेरै बिषयमा सहमती जुटेपनी केही बिषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ। जसमध्ये सबैभन्दा पेचिलो बिषय निजि विद्यालय गुठिमा लैजाने प्रस्ताव रहेको बताइएको छ। तत्पश्चात इसिडि शिक्षकको सवाल र एसईई परीक्षाको कसले गर्मे भन्ने बिषय लगाएत केही बिषयमा सहमती जुट्न बाँकि रहेको छ।
यद्यपि उपसमितिमा गरिएको सहमति संसदीय समितिमा समेत छलफल भई परिवर्तन हुनसक्ने बताइएको छ।