Jul 27 2026 | २०८३, श्रावण ११ गते

'सामाजिक संजाल अवसर र चुनौती' विषयक अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

'सामाजिक संजाल अवसर र चुनौती' विषयक अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • 667
    SHARES

  • 'सामाजिक संजाल अवसर र चुनौती' विषयक अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    जेठ, १६ गते/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लाले आयोजना गरेको 'सामाजिक संजाल अवसर र चुनौती' विषयक अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

    IMG_8198 (1).JPG

    काठमाडौ जिल्ला प्याब्सनको आयोजना र नागर्जुन नगर प्याब्सनको संयोजनमा जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा काठमाडौ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख समन्थ मणी आचार्यको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    IMG_8248 (1)~2.JPG

    प्रतियोगिता स्वयम्भूस्थित द एक्सेल पब्लिक स्कुलकी छात्रा दिपशिखा गजमेरले प्रथम स्थान हासिल गरिन्। त्यस्तै जगत मन्दिर माद्यामिक विद्यालयकी छात्रा लक्की रानी कुमारी द्वितीय तथा कौत्सभ एकेडेमीका आयान न्यौपानेले तृतीय स्थान हासिल गरे। त्यस्तै मण्डला एकेडेमीकी सदिक्षा शर्माले चौथो स्थान हात पारिन।

    IMG_8516 (1)~2.JPG

    प्रतियोगितामा टाइम लाइन स्कुलकी आर्या कार्की पाँचौं, बाटिका स्कुलकी आर्जिका भट्ट र हिमरश्मी स्कुलकी आकृति कार्की छैठौं, रिभेयरा इन्टरनेशनल एकेडेमीका प्रयास दवाडी र न्यू मोनास्तिक इङ्लिस स्कुलकि बिनिता बुढाथोकी सातौं भईन्। त्यसैगरी लालिगुराँस इन्टरनेशनल बोर्डिङ स्कुलकी अनुपा मरहट्ठा र लालिगुराँस नेशनल स्कुलका जोहना केसीले आठौं स्थान, ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकि दीक्षा अधिकारी नवौं स्थान तथा जनज्योति इङ्लिस स्कुलका उत्सव राज शर्मा र ब्राइटफ्युचर सेकेन्डरी स्कुलकी अश्मी पौडेलले दशौं स्थान हासिल गरे।

    IMG_8509 (1).JPG

    हाजिरीजवाफ प्रतियोगितामा बिजेता मध्य प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमश: रु १० हजार, ७ हजार, ५ हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै चौथो देखि १०औं स्थान हासिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र र सहभागी सबै विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएकोथियो।

    IMG_8507 (1).JPG

    प्रतियोगितामा काठमाडौँ भरिबाट प्याब्सन सदस्य विद्यालयबाट नगर स्तरीय प्रतियोगितामा छनोट भएर आएका ५० जना विद्यार्थी प्रतियोगी सहभागी रहेका थिए।

    उक्त प्रतियोगिता नागार्जुन नगरपालिका स्युचाटरस्थित काठमाडौ भ्याली स्कुल/ कलेजमा आयोजना गरिएको थियो। प्रतियोगितामा काठमाडौ भ्याली स्कुल/ कलेजका अध्यक्ष तथा हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा प्याब्सन सम्बद्ध काठमाडौ जिल्ला पदाधिकारी, सदस्य, नगर अध्यक्ष, पदाधिकारी तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG_8411 (1)~2.JPG

    वक्तृत्वकला प्रतियोगिताको संयोजक प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष धन बहादुर पुनले गर्नुभएको थियो। उक्त कार्यक्रम काठमाडौ जिल्ला प्याब्सनका सचिव कृष्ण भन्डारी र सहसचिव सौर्यनाथ आचार्यले संचालन गर्नुभयो । साथै उक्त कार्यक्रममा नागार्जुन नगर प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेले स्वागत मन्तव्य दिनुभयो ।

    IMG_8237 (1)~2.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्थ नारायण आचार्यले संस्थागत विद्यालयहरुले विद्यार्थीको समग्र विकासको लागि गरिने हरेक प्रयासहरु सराहनीय रहेको बताउनुभयो। साथै उहाँले संस्थागत विद्यालयसंग सहकार्य गरेर जाने बताउनुभयो ।

    IMG_8215 (1)~2.JPG

    हाजिरीजवाफ प्रतियोगितामा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति नवराज भट्टले अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई घोगाएर मात्रै पास गराउने भने आरोप झुटो भएको भन्दै अतिरिक्त क्रियाकलापहरुमा समेत समावेश गर्दै उनिहरुको सर्वाङ्गिण बिकासमा विशेष महत्व दिने गरेको बताउनुभयो । यसअघि प्याब्सन काठमाडौँ जिल्लाले आफ्नो सदस्य विद्यालयमा कार्यरत करिब ११ सय जना चालकहरुलाई तालिम दिएको थियो।

    IMG_8551 (1)~2.JPGIMG_8406 (1)~2.JPGIMG_8460 (1)~2.JPGIMG_8474 (1)~2.JPGIMG_8306 (1).JPG

    images
    शुक्रवार, जेठ १७ २०८२०९:३१:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार