Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि उपकुलपति कार्यलय तोडफोड गर्नेमाथि कानुनी कारबाही प्रक्रिया शुरु

त्रिवि उपकुलपति कार्यलय तोडफोड गर्नेमाथि कानुनी कारबाही प्रक्रिया शुरु

  • 1.0K
    SHARES

  • त्रिवि उपकुलपति कार्यलय तोडफोड गर्नेमाथि कानुनी कारबाही प्रक्रिया शुरु

    काठमाडौ। त्रिभुवन विश्वविद्यालयले उपकुलपति कार्यलय तोडफोड गर्नेमाथि कानुनी कारबाही प्रक्रिया शुरु गरेको छ। विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गर्दै उपकुलपति कार्यलय तोडफोड गर्ने र पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको हो।

    त्रिभुवन विश्वविद्यालयले तय गरेको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार विभिन्न अध्ययन संस्थान तथा सङ्कायतर्फका स्नातक तथा स्नातकोत्तर तह प्रथम वर्षको भर्नाका लागि प्रकाशित सूचना बमोजिम विद्यार्थीहरु भर्ना भई अध्ययनरत विद्यार्थीहररुको पाठ्यक्रम अनुसार पठनपाठन सम्पन्न हुने क्रममा रहेको अवस्थामा नियमित प्रक्रिया बमोजिम विभिन्न सङ्कायका डीनको कार्यालयबाट परीक्षा फारामको सूचना समेत प्रकाशित भई परीक्षा फारम भर्ने कार्य सम्पन्न भइरहेको स्थितिमा विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने जस्ता कार्य गर्नुका अतिरिक्त मिति २०८२। ०२।१४ का दिन २०-२५ जनाको समूह त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बिज्ञप्तिमा लेखिएको छ।

    जेठ १४ गते उपकुलपति सचिवालयमा २०-२५ जनाको समूहले तोडफोड गरेका थिए। उनीहरू नेविसंघ आबद्ध विद्यार्थीहरू थिए। स्नातक तहको भर्ना पुन: खोल्न माग गर्दै उनीहरूले तोडफोड गरेका थिए। तोडफोडमा संलग्नबाटै भौतिक सम्पत्ति हानिनोक्सानी भराउने तयारी त्रिविको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1748758688615.jpgFB_IMG_1748758690608.jpg

     

    images
    आइतवार, जेठ १९ २०८२०२:११:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार