Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेफद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

नेफद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

  • 3.2K
    SHARES

  • नेफद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

    जेठ, १८ गते/ काठमाडौँ। उत्तर भेगिय शैक्षिक मञ्च (नेफ) द्वारा आयोजित 'अन्तर-विद्यालय हिज्जे प्रतियोगिता' सम्पन्न भएको छ। नेफका अध्यक्ष नारायण रोकाको सभापतित्व तथा सानोभर्‍याङ स्थित निक एकेडेमिका प्रिन्सिपल सुगन्धराज रेग्मीको संयोजकत्वमा अन्तर- विद्यालय हिज्य प्रतियोगिता २०८२ सम्पन्न भएको हो।

    IMG_8933 (1)~2.JPG

    प्रतियोगितामा नेफ आबद्ध १० विद्यालयका ३० जना विद्यार्थी सहभागी रहेका थिए। जसमा सिनियर तर्फ १५ जना र जुनियर तर्फ १५ जना विद्यार्थीले हिज्य प्रतियोगितामा भाग लिएका थिए।

    FB_IMG_1748789793726.jpg

    प्रतियोगितामा सिनियर तर्फ ग्रीनल्याण्ड स्कुलका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरे। त्यसैगरी नेसनल मोडेल साइन्स स्कुल - The NAMSS द्वितीय र गोर्खाली इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गर्यो। त्यसैगरी जुनियर तर्फ भने NAMSS ले प्रथम स्थान हासिल गर्यो भने बिधा कुञ्जले द्वितीय स्थान र गोर्खाली इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गर्यो।

    IMG-20250601-WA0072.jpg

    प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    IMG-20250601-WA0068.jpg

    उक्त कार्यक्रममा बोल्दै नेफका अध्यक्ष तथा सभापति नारायण रोकाले हिज्जे (हिज्या / spelling) प्रतियोगिताले विद्यार्थीहरूको समग्र बिकासमा महत्वोपुर्ण हुने बताउनुभयो । उहाँले सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

    IMG_8986 (1)~2.JPG

    त्यसैगरी कार्यक्रममा बोल्दै संयोजक तथा निक एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मीले हिज्जे प्रतियोगिताले शब्दकोषको ज्ञान, भाषिक दक्षता आत्मविश्वास र स्मरण गर्ने बानिको बिकास गर्ने बताउनुभयो ।

    IMG_8942 (1)~2.JPG

    त्यसैगरी प्याब्सन काठमाडौ महानगरपालिका उपाध्यक्ष तथा गोर्खाली इङ्लिस बोर्डिङ स्कुलकी प्रिन्सिपल देवु फुल्यालले हिज्य प्रतियोगितामा हुने सहभागीताले विद्यार्थीहरुको सर्वाङिण बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

    IMG_8989~2.JPG

    हिज्य प्रतियोगिता समारोहमा प्याब्सन केन्द्रीय उपाध्यक्ष थाकिङ कुमार गुरुङ, लगाएत विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।

    FB_IMG_1748789811088.jpgIMG_8967 (2).JPG

    images
    आइतवार, जेठ १९ २०८२०८:३५:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार