Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेडियन्ट पब्लिक स्कुलद्वारा विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

रेडियन्ट पब्लिक स्कुलद्वारा विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

  • 1.1K
    SHARES

  • रेडियन्ट पब्लिक स्कुलद्वारा विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

    जेठ, २२ गते/ काठमाडौँ। रेडियण्ट पब्लिक बोर्डिङ स्कुलले विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम आयोजना गरेको छ।

    IMG_9471 (1).JPG

    बुधबार एक कार्यक्रमका विच 'विश्वव्यापी प्लास्टिक प्रदूषणको अन्त्य' भन्ने नाराका साथ International Society Of Waste Management Air & Water (ISWMAW) को सहकार्य तथा बिज्ञान शिक्षक समाज (STAN) को सहकार्य र रेडियण्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरेको हो।

    IMG_9439 (1).JPG

    कार्यक्रममा रेडियण्ट पब्लिक बोर्डिङ स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष .डा. लक्ष्मण सिंह कुँवरको अध्यक्षता तथा ISWMAW का अध्यक्ष "क्याच टेम यंग: शून्य वेस्ट एण्ड सर्कुलर इकोनोमी इन क्याम्पस" का मेन्टर मिसनका प्राध्यापक डा. साधन कुमार घोषको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

    IMG_9428 (1).JPG

    उक्त कार्यक्रममा बिज्ञान शिक्षक समाज (STAN)का अध्यक्ष खिल कुमार प्रधान, महासचिव मनोज आचार्य, बागमती प्रदेश अध्यक्ष शिव प्रसाद पौडेल, वाशुकीमार्ग टोल सुधार समिती अध्यक्ष गोबिन्द थापा लगाएत रेडियण्ट पब्लिक बोर्डिङ स्कुलका प्राचार्य सुर्य बहादुर केसी, सह- प्राचार्य शुभद्रा कुवर कोर्डिनेटर दिलिप कार्की लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

    IMG_9401 (1).JPG

    उक्त कार्यक्रममा विद्यालय परिसरमा बृक्षारोपण समेत गरिएको थियो र तत्पश्चात वातावरण संरक्षण गरौ भन्ने प्लेकार्डहरु सहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए।

    IMG_9484 (1).JPG

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि ISWMAW का अध्यक्ष प्राध्यापक डा. साधन कुमार घोषले वातावरणलाई जोगाउन बिश्वब्यापी अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई वातावरण सफा कसरी राख्ने भन्ने बारे विद्यार्थीहरुलाई सचेत गराउनुभयो। पृथ्वीको रक्षा गर्न र सफा, हरियाली भविष्य निर्माण गर्न एकसाथ अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।

    IMG_9400 (1).JPG

    उक्त कार्यक्रममा कुन फोहोर कसरी राख्ने र त्यसको उपयोग कसरी गर्ने भन्ने बारे समेत विद्यार्थीलाई सिकाइएको थियो। उक्त कार्यक्रम प्रमुख वर्षा आचार्यले संचालन गर्नुभयो।

    IMG_9444 (1).JPGIMG_9450 (1).JPG

    images
    बिहिवार, जेठ २३ २०८२०८:२५:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार