Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

  • 555
    SHARES

  • त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने जोसुकै भएपनी उन्मुक्ति नपाउने बताउनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताउनुभएको हो।

    विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले जोसुकै भएपनी उन्मुक्ति पाउन नहुने भन्दै कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको छ।

    विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखित पत्र प्रस्तुत गर्दै आफूहरूले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकामा चिन्ता व्यक्त गर्नुभयो

    केसीले असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको भन्दै कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखितपत्र प्रस्तुत गर्नुभएको छ।

    यसअघि नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन ।

    images
    सोमवार, आषाढ २ २०८२०९:२८:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार