शुक्रवार, आषाढ ६ २०८२
६ असार, काठमाडौ। – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, डीनको कार्यालयले सहायक डीन छनोटका लागि आवेदन माग गरेको छ।
विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (१) बमोजिमको त्रिवि शिक्षाशास्त्र सङ्कायको रिक्त हुन गइरहेकोले एक जानका लागि सहायक डीन पदमा आवेदन माग गरेको हो ।
इच्छुक योग्य उम्मेदवारहरूले असार ६ गतेदेखि २० गते भित्र त्रिवि सावधिक पदमा नियुक्ति तथा मापदण्ड सम्बन्धी विनियम, २०८१ मा उल्लिखित कागजातहरू संलग्न गरी शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ ।
