Jul 27 2026 | २०८३, श्रावण ११ गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

  • 454
    SHARES

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

    असार, ८ गते/ काठमाडौँ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धानात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।

    बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र सामाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय शैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराउनुभयो ।

    बैठकले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरूमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तन लगायतका निर्णय गरेको छ ।

    images
    आइतवार, आषाढ ८ २०८२०५:१३:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार