मंगलवार, आषाढ २४ २०८२
काठमाडौँ। गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा सहित सत् प्रतिशत नतिजा ल्याउने कुलेश्वर माद्यामिक विद्यालय कक्षा ११ र १२ को लागि शैक्षिक गन्तव्य बनेको छ। निरन्तरको प्रयास र अथक मेहेनतले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित नफारहित यो शैक्षिक संस्था यस भेगकौ शैक्षिक गन्तव्य बनेको हो।
काठमाडौँ कुलेश्वरमा रहेको कुलेश्वर आवास माद्यामिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा मानविकि तर्फका विषय अध्यापन हुन्छ। करिब ९ रोपनी क्षेत्रमा फैलिएको सुविधासम्पन्न उक्त विद्यालय कक्षा ११ र १२ को लागि समेत उत्कृष्ट गन्तव्य बन्दै आएको छ।
कुलेश्वर आवास माद्यामिक विद्यालयबाट SEE २०८१ मा पल्पसा थापाले ४.०० जिपिए प्याएर उत्तीर्ण गरेकी छन्। साथै कुलेश्वर आवास माद्यामिक विद्यालयले यसवर्ष सत प्रतिशत नतिजा हासिल गरेको छ ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला हुनुका साथै विद्यार्थीको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ। दूरदर्शी सोचलाई कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा, सर्वाेत्कृष्ट नतिजा, दक्ष र अनुभवी शिक्षककर्मचारी, नतिजामुखी शिक्षा, शैक्षिक व्यवस्थापन र अन्य अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले कुलेश्वर आवास माद्यामिक विद्यालयलाई रोज्नुपर्ने विद्यालय प्राचार्य मेघराज दुलाल बताउनुहुन्छ।

कुलेश्वर आवास माद्यामिक विद्यालयमा उच्च शिक्षातर्फ पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन लिएर BIT समेत पठनपाठन हुने गरेको छ ।
