Jul 29 2026 | २०८३, श्रावण १३ गते

त्रिवि उपकुलपति नियुक्ति पारदर्शी नभएको भन्दै नेपाल विद्यार्थी सङ्घको गम्भीर आपत्ति

त्रिवि उपकुलपति नियुक्ति पारदर्शी नभएको भन्दै नेपाल विद्यार्थी सङ्घको गम्भीर आपत्ति

  • 672
    SHARES

  • त्रिवि उपकुलपति नियुक्ति पारदर्शी नभएको भन्दै  नेपाल विद्यार्थी सङ्घको गम्भीर आपत्ति

    सार, २५ गते/ काठमाडौँ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा गरिएको उपकुलपति नियुक्ति पारदर्शी नभएको भन्दै गम्भीर आपत्ति जनाएको छ। नेविसंघले एक विज्ञप्ति जारी गर्दै 

    विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको वेला प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गरेको भन्दै गम्भीर आपत्ति जनाएको हो।

    नेविसंघले निरन्तर विश्वविद्यालयमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने माग राख्दै आएको छ। साथै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ, जसले विद्यार्थी समुदायभित्र व्यापक समर्थन पाइरहेको बिज्ञप्तिमा उल्लेख छ।

    विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्रा डा दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ। बिज्ञप्तिमा भनिएको छ। यस्तो नियुक्तिले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था होइन, राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको नेविसंघले भनेको छ।

    नेपाल विद्याथी संघ सिफारिसको भरमा गरिने यस्ता राजनीतिक नियुक्तिहरूलाई पूर्णतः अस्वीकार गर्ने दमेत बिज्ञाप्तिमा एल्लेख गरेकी छ। कुलपति समेत रहेका प्रधानमन्त्रीज्यूको विश्वविद्यालयप्रतिको दृष्टिकोण यथार्थमै शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको छ, जुन गत मेरिट आधारित उपकुलपतिको राजीनामासँगै थप स्पष्ट भएको उल्लेख गरेको छ।

    नेपाल विद्याथी संघको उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि अवलम्बन गर्नुपर्छ, योग्य उम्मेदवारबाट Vision Paper माग गरिनुपर्छ र पारदशी प्रतिस्पर्धीका आधारमा मात्र नियुक्ति गरिनुपर्मे भन्दै यदि यस्ता आधार र प्रक्रिया बेवास्ता गर्दै विश्वविद्यालयको नेतृत्वमा पुनः राजनीतिक हस्तक्षेप गरियो भने, नेविसंघ सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जारी बिज्ञप्तिमा लेखिएको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1752073510642.jpg

    images
    बुधवार, आषाढ २५ २०८२०९:०८:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार