Oct 02 2026 | २०८३, आश्विन १६ गते

उपत्यकास्तरीय अन्तर-विद्यालय छ्न्दोवद्ध कविता वाचन प्रतियोगिता तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न

उपत्यकास्तरीय अन्तर-विद्यालय छ्न्दोवद्ध कविता वाचन प्रतियोगिता तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न

  • 540
    SHARES

  • उपत्यकास्तरीय अन्तर-विद्यालय छ्न्दोवद्ध कविता वाचन प्रतियोगिता तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न

    असार, २८ गते/ काठमाडौँ। एपेक्स लाइफ स्कुलले  २१२औं भानु जयन्तीको अवसरमा उपत्यकास्तरीय अन्तर  विद्यालय छ्न्दोवद्ध कविता वाचन प्रतियोगिता तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष सुवास न्यौपानेको समापतित्व तथा भानु प्रतिष्ठानका प्रमुख सल्लाहकार प्रा.डा. बर्तराज आचार्यको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

    IMG_3225.JPG

    एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उपत्यकाव्यापी अन्तर-विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगितामा २२ वटा स्कुलको सहभागिता रहेको थियो । जसमध्ये रातोबङ्गला स्कुलकी छात्रा गार्गी थापाले प्रथम स्थान हासिल गरिन्।

    IMG_3208.JPG

    प्रतियोगितामा काठमाडौं प्रज्ञान कुञ्ज स्कुलका छात्र अवसर सुवेदीले द्वितीय स्थान, पाठशाला स्कुलकी छात्रा प्रियान्सी बुढाथोकीले तृतीय स्थान हासिल गरे भने रिलायन्स इन्टरनेशनल स्कुलकी छात्रा आलिया खड्का र आई जोसेफ स्कुलकी छात्रा भावना बरालले सान्त्वना पुरस्कार प्राप्त गरे । कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण प्रदान गरिएको थियो ।

    IMG_3267.JPG

    विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरूले विभिन्न छन्दमा कविता वाचन गरेका थिए। प्रतियोगितामा निर्णायकको भूमिकामा बलराम दाहाल, प्रभाती किरण, भवानी खतिवडाले निर्वाह गरेका थिए ।

    उक्त कार्यकममा साहित्यकार प्रा.डा. व्रतराज आचार्यलाई सम्मान गरिएको थियो। विद्यालयका अध्यक्ष सुवास न्यौपानेले विशिष्ट साहित्यकार तथा विद्वान प्रा. डा.व्रतराज आचार्यलाई नगद पुरस्कार र सम्मानपत्र सहितको दोसल्ला ओढाएर सम्मान गर्नुभयो। सम्मान पश्चात् मन्तव्यको प्रा.डा. आचार्यले एपेक्स लाइफ स्कुलले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य राखेकाले आफू अत्यन्तै खुसी भएको बताउनुभयो। साथै एपेक्स स्कुलमा संस्कृत भाषा पढाइ हुने गरेको थाहा पाउँदा नेपाली भाषालाई अब्बल बनाउने अभियानमा लागेको महसुस गरेको बताए ।

    IMG_3302.JPG

    त्यसैगरी भानु प्रतिष्ठानका अध्यक्ष डा.नवराज लम्सालले नेपाली भाषा, नेपाली आमा र नेपाली माटोलाई विशेष सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयमा सिकेको ज्ञान विद्यार्थीले व्यबहारमा उतारेको अवस्थामा मात्रै त्यसको सान्दर्भिककता पुष्टि हुने बताउनुभयो।

    IMG_3302.JPG

    त्यस्तै भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले एपेक्स लाइफ र भानु प्रतिष्ठानको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा प्रा.डा.व्रतराज आचार्यलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

    उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति सुवास न्यौपानेले नेपाली भाषाको एकीकरण तथा मौलिक कविता लेखनको प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको योगदान बिर्सिनै नसकिने बताउनुभयो । उहाँले नेपाली साहित्यका धु्रवतारा, एकताका सुत्रधार, एकताका प्रतीक नेपाली भाषालाई नयाँमोड दिएर भानुभक्त नेपाली भाषीको लागि सदा अमर रहेन धारणा व्यक्त गर्नुभयो ।

    IMG_3246.JPG

    भानुजयन्तीलाई मनाउनुको सार्थकता त्यतिबेला मात्र हुनेछ, जतिबेला हामीले यस भानुजयन्तीलाई भाषा, साहित्य, संस्कृति, रीतिरीवाज र यसका मूल्य मान्यता भावनात्मक रुपमा जोड्न सक्नेछौँ ‘ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रा.डा. व्रतराज आचार्यले दीप प्रज्ज्वलन गरी कार्यकमको औपचारिक समुद्घाटन गर्नुभएको थियो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको तस्बीरमा टीका तथा माल्यार्पणगरी कार्यक्रमलाई अगाडि बढाइएको थियो । गणेश बन्दना कक्षा ३ का विद्यार्थीहरुले सामूहिक प्रस्तुति गरेर कार्यक्रमकलाई रोचक बनाए ।

    एपेक्स लाइफ स्कुलले हरेक वर्ष भनु जयन्तीका असरमा भानु प्रतिष्ठानसंगको सहकार्यमा नेपाली भाषा साहित्य क्षेत्रमा विशिष्ट योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्दे आएको छ ।

    उक्त कार्यक्रममा विद्यालय प्राचार्य प्रधुम्न पौडेलले स्वागत मन्तव्य दिनुभयो। भने विद्यालयका शिक्षक चण्डिका भेटवालले कार्यकम संचालन गर्नुभएको थियो ।

    IMG_3185.JPGIMG_3282.JPGIMG_3218.JPGIMG_3182.JPG

    images
    शनिवार, आषाढ २८ २०८२०९:३२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार