Jul 27 2026 | २०८३, श्रावण ११ गते

भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता लेखन, वाचन तथा स्रष्टा सम्मान

भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता लेखन, वाचन तथा स्रष्टा सम्मान

  • 786
    SHARES

  • भानु जयन्तीको अवसरमा  उपत्यकाव्यापी कविता लेखन, वाचन तथा स्रष्टा सम्मान

    असार, ३० गते/ काठमाडौँ । निजि तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लाले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता लेखन, वाचन तथा स्रष्टा सम्मान गरेको छ। आइतवार आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा काठमाडाैं जिल्ला प्याब्सनको आयोजना तथा चन्द्रागिरि नगर प्याब्सनको संयोजनमा उक्त कार्यक्रम गरेको हो।

    IMG_3476~2.JPG

    उक्त प्रतियोगिता लालिगुराँस नेशनल एकेडेमीका जोहाना केसी पहिलाे भएकी छन् । त्यस्तै उज्वलतारा स्कुलका प्राज्ञिक खतिवडा दोस्रो र स्वर्णिम स्कुलकी अस्मिता आचार्यले तेस्रो स्थान हासिल गरिन्।

    IMG_3811 (2)~2.JPG

    त्यसैगरी प्रतियोगितामा जुगल नव गुरुकुल स्कुलकी स्नेहा राई, घटराज मेमोरियल स्कुलकी अपश्वी सापकोटा, इडन ब्रीज एकेडेमीकी खुशीपल परियार, बेबीलाेन नेशनल स्कुलकी शुरभी पाैडेल, चन्द्रागिरिको हाइ न्यू भिजन एकेडेमीका आदर्शविज्ञान खड्का, चन्द्रागिरिको एआई स्कुलका सम्पूर्ण काफ्ले र चन्द्रागिरिकै ब्राइट फ्यूचरकी प्रिशा लेखकले सान्त्वना पुरस्कार हात पारे ।

    IMG_3799~2.JPGIMG_3791~2.JPG

    सतुङ्गलस्थित आँगन रिशेप्सनमा सम्पन्न प्रतियोगितामा काठमाडाैं जिल्लाका विभिन्न विद्यालयका ३७ जनाले भाग लिएका थिए ।

    प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ र तेस्रो स्थान हात पार्नेले ५ हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतले पुरस्कार वितरण गरे । 

    IMG_3648~2.JPG

    यस्तै, कार्यक्रमका दाैरान नेपाली साहित्यिक जगतमा पुर्याएको योगदानका लागि स्रष्टा, साहित्यकार, गितकार कवि प्रेमकुमार राई ‘परिक्षित’ लाई प्याब्सनको तर्फबाट सम्मानपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

    IMG_3548~2.JPG

    भानुजयन्तीका अवसरमा काठमाडाैं प्याब्सनले विगत तीन वर्षदेखी विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।

    उक्त कार्यक्रम प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा चान्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साथै कार्यक्रममा बिशेष अतिथिको रुपमा प्याब्सन केन्द्रिय सह-अध्यक्ष गोपाल आचार्य, साहित्यकार प्रा.डा. देवि नेपाल, साहित्यकार तथा प्याब्सन काठमाडौँ जिल्काका प्रमुख सल्लाहकार प्रेम राई 'परिक्षीत' वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा लगाएत जिल्ला पदाधिकारी, प्याब्सन नगर प्रमुख हरुको उपस्थिति रहेको थियो।

    IMG_3499~2.JPG

    उपत्यकाव्यापी कविता महोत्सवमा साहित्यकार प्रा.डा. देवि नेपालले २ घन्टा प्रतियोगी विद्यार्थीहरुलाई कविता लेख्ने तरिका वारे प्रशिक्षण दिनुभयो ।

    प्रतियोगिता पश्चात् बोल्दै अध्यक्ष नवराज भट्टले निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अङ्ग्रेजीमात्रै बोल्न सिकाउने भन्ने भ्रम रहेको भन्दै निजिमा पढ्ने विद्यार्थीहरु साहित्य सिर्जनामा समेत अब्बल रहेको बताउनुभयो। उहाँले निजि शिक्षण संथाले नेपालको शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पछिल्लो चरणमा पालिकाहरुले समेत सहकार्य गर्ने गरेको बताउनुभयो।

    IMG_3622~2.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले निजि विद्यालयले शिक्षा क्षेत्रमा खेलेको भुमिका सराहनीय रहेको भन्दै जिल्लास्तरीय साहित्य महोत्सवले विद्यार्थीहरुको साहित्य प्रतिको रुचिमा बढवा दिएको बताउनुभयो।

    IMG_3611~2.JPG

    त्यस्तै उक्त कार्यक्रममा प्याब्सनका सह-अध्यक्ष गोपाल आचार्यले कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयो। उहाँले प्रतियोगिताले विद्यार्थीहरुमा सिर्जनात्मक क्षमताको बिकास हुने बताउनुभयो। साथै कविता लेखन र वाचन बारे प्रशिक्षणले उनीहरूभित्र लुकेर रहेको अन्तर्निहित क्षमता प्रस्फुटन सघाउ पुर्‍याउने उहाँको भनाई छ।

    IMG_3601~2.JPG

    उक्त कार्यक्रम प्याब्सन काठमाडौँका सचिव कृष्ण भण्डारी र सहसचिव सौर्य आचार्यले संयुक्त रुपमा संचालन गर्नुभयो।

    IMG_3574~2.JPGIMG_3515~2.JPGIMG_3590~2.JPGIMG_3570~2.JPGIMG_3844 (2)~2.JPGIMG_3856 (1)~2.JPG

    images
    सोमवार, आषाढ ३० २०८२१०:३४:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार