Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण: त्रिविको नयाँ भर्ना सम्बन्धी कदम अमान्य

नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण: त्रिविको नयाँ भर्ना सम्बन्धी कदम अमान्य

  • 522
    SHARES

  • नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण: त्रिविको नयाँ भर्ना सम्बन्धी कदम अमान्य

    साउन,६ गते/ काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयद्वारा गरिएको नयाँ भर्ना सम्बन्धी कदमको विरोध गर्दै ध्यानाकर्षण गराएको छ । संघले त्रिभुवन विश्वविद्यालयद्वारा असार ५ गते प्रकाशित स्नातक तह प्रथम वर्षको वार्षिक सेमेस्टर प्रणाली अन्तर्गतको भर्ना कार्यक्रम सम्बन्धमा विरोध गर्दै ध्यानाकर्षण गराएको हो ।

    नेपाल पब्लिक क्याम्पस संघ र त्रि.वि.का पदाधिकारीहरूसँग सम्बन्धन प्राप्त क्याम्पसहरूका लागि विषय तथा कार्यक्रम थप सम्बन्धी पटक पटकको छलफल र सहमति अनुसार तथा हालै सम्पन्न त्रि.वि. सभाको बैठक पश्चात् (असार २६ गते) सो सम्बन्धी सूचना जारी हुनु पर्नेमा पूर्व उपकुलपति प्रा.डा.धर्म कान्त बास्कोटाले वि.सं.२०७९ सालमा र निवर्तमान उपकुलपति प्रा डा केशरजंग बरालको अवधिमा समेत कार्यक्रम थप सम्बन्धन सम्बन्धी सूचना पटकपटक स्थगन गरिएको कार्यप्रति ध्यानाकर्षण गराएको बिज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1753177178805~2.jpg

    शैक्षिक वर्ष २०८२-०८३ को नयाँ भर्नाको सूचना रितपूर्वक नभएको र भर्नाको सूचना स्थगन गरिएको विषय तथा कार्यक्रम थप सम्बन्धी विषयलाई टुङ्गाएर मात्र खुलाउने सहमति विपरीत कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन समेत नहुदै हठात् रूपमा एकल घरायसी निर्णयबाट भर्ना कार्यक्रमको सूचना प्रकाशित भएको घटना दुर्भाग्यपूर्ण रहेको र यसले समग्र सामुदायिक तथा अन्य सम्बन्धन प्राप्त क्याम्पसहरूलाई सखाप पार्ने नियतले र जालझेलपूर्ण तरिकाले त्रि.वि.द्वारा नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेकोप्रति पब्लिक क्याम्पस संघको घोर आपत्ति जनाएको छन्।

    त्रिभुवन विश्वविद्यालयले नेपाल पब्लिक क्याम्पस संघका अनेकौं माग तथा सरोकारका विषयहरूको कुनै सुनुवाई नै नगरी नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरेर कार्यक्रम थप तथा सम्बन्धनलाई अवरुद्ध पार्ने कार्य गरेको आरोप लगाउँदै पब्लिक क्याम्पस संघले कुनैपनि हालतमा कार्यक्रम थप तथा सम्बन्धन प्रक्रियालाई अगाडि बढाई निष्कर्षमा नपुग्दासम्म नयाँ शैक्षिक सत्रको भर्ना मान्य नहुने पत्रमा उल्लेख गरेको छ।

    साथै त्रिभुवन विश्वविद्यालयले स्वच्छाचारी रूपमा कार्यालय भन्दा बाहिर बसी कोटरीबाट निर्णय गरेकोले त्यस्ता निर्णयको अवज्ञा गर्न तथा जस्तोसुकै कदम चाल्न नेपाल पब्लिक क्याम्पस संघ बाध्य हुने अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले बताएका छन् ।

     

    images
    मंगलवार, श्रावण ७ २०८२०६:१३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार