Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोस्रो फ्युचर स्टार उपत्याकाव्यापी अन्तर-विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न

दोस्रो फ्युचर स्टार उपत्याकाव्यापी अन्तर-विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न

  • 1.1K
    SHARES

  • दोस्रो फ्युचर स्टार उपत्याकाव्यापी अन्तर-विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न

    साउन, ११ गते/ काठमाडौँ। फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित दोस्रो फ्युचर स्टार उपत्याकाव्यापी तेक्वान्दो प्रतियोगिता २०८२ सम्पन्न भएको छ। शनिबार छाउनीस्थित फ्युचर स्टार स्कुलको प्राङ्गणमा भएको प्रतियोगितामा ललितपुर, भक्तपुर, काठमाडौँ जिल्ला भरिका १६ वटा स्कुल तथा डोजाङहरुबिच करिब ३०० विद्यार्थी खेलाडीहरू सहभागी रहेका थिए।

    IMG_4713.JPG

    प्रतियोगितामा सहभागी टिम (स्कुल/डोजाङ) मध्यबाट फ्युचर स्टार स्कुलले प्रथम स्थान हात पार्यो। त्यस्तै मातातिर्थ तेक्वान्दो डोजाङ द्वितीय र जैशिदेवल तेक्वान्दो डोजाङले तृतीय स्थान हासिल गरे ।

    उक्त प्रतियोगितामा पुरुषतर्फ फ्युचर स्टार तेक्वान्दो दोजाङका खेलाडी बिकाश श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी र महिलातर्फ मातातिर्थ बालागाउँ तेक्वान्दो डोजाङकी शान्ती मोक्तान तामाङ उत्कृष्ट महिला खेलाडी घोषित भए।

    IMG-20250727-WA0006.jpg

    उक्त प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर्स धर्मस्थली तेक्वान्दो दोजाङका अर्बिन महर्जन र फ्युचर स्टार तेक्वान्दो दोजाङका सरोज मोक्तान भए । त्यस्तै, मोस्ट भ्यालुएबल टिम टुख्य: तेक्वान्दो दोजाङ रह्यो।

    IMG-20250727-WA0018.jpg

    यसैगरी, राइजिङ प्लेयर्सको रूपमा नेसनल तामाङ (ज्यापू समाज तेक्वान्दो दोजाङ) र सुस्मा चाम्लिङ राई (टुख्य: तेक्वान्दो  दोजाङ) हुन सफल भए । उक्त प्रतियोगितामा सुबास श्रेष्ठ बेस्ट रेफ्री रहन सफल हुनुभयो ।

    IMG-20250727-WA0015.jpg

    प्रतियोगितामा बिजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता फ्युचर स्टार स्कुलका संस्थापक निर्देशक बिनिता श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । त्यस्तैगरि, प्रतियोगितामा राजेश प्रजापति ( बागमती प्रदेश तेक्वान्दो संघ प्राविधिक संयोजक), प्रोशन राजभण्डारी, प्रिन्सिपल, फ्युचर स्टार स्कुल, विभिन्न सहभागी स्कुलका संचालक / प्रिन्सिपल; दोजाङ प्रमूखहरु, राष्ट्रिय तथा अन्तरास्ट्रिय तेक्वान्दो रेफ्रीहरु, पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरु तथा तेक्वान्दो पदाधिकारीहरुहरुको बिशेष उपस्थिति रहेको थियो।

    IMG_4709.JPG

    तेक्वान्दो प्रतियोगिताको पुरस्कार वितरण पश्चात् समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका प्रिन्सिपल प्रोशन राजभण्डारीले खेल जीवनको अभिन्न अंग हो भन्दै जिवनलाई स्वस्थ राख्नको लागि खेल अनिवार्य रहेको बताउनुभयो। त्यस्तै खेलले देश बिकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने र खेल मार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सकिने उहाँले बताउनुभयो।

    FB_IMG_1753634432928.jpg

    दोस्रो पटक सफल आयोजना गरेको तेक्वान्दो प्रतियोगितालाई आगामी वर्षसमेत निरन्तरता दिदै फ्युचर स्टार स्कुललाई तेक्वान्दो हबको रूपमा स्थापना गर्ने बताउनुभयो। तेक्वान्दो विद्यार्थीहरुको स्किल र अनुशासन देखाउने खेल हो। प्रिन्सिपल राजभण्डारीले नियमानुसार र अनुशासित खेल्ने खेलाडीले प्रतिस्पर्धामा बिजय हासिल गर्न सक्ने बताउनुभयो। उहाँले तेक्वान्दो प्रतियोगितामा बिजेता तथा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

    FB_IMG_1753634344945.jpg

    उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम संचालन स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक इश्वरी श्रेष्ठ र एकेडेमिक संयोजक प्रतिभा पाण्डेले गर्नुभयो। तेक्वान्दो प्रतियोगिताको संयोजकमा फ्युचर स्टार डोजाङ प्रमुख एबिन श्रेष्ठ रहनुभयो।

    IMG-20250727-WA0009.jpgIMG-20250727-WA0014.jpg

    FB_IMG_1753634370355.jpgFB_IMG_1753634428651.jpgFB_IMG_1753634400639.jpgFB_IMG_1753634391342.jpgIMG-20250727-WA0011.jpg

     

    images
    आइतवार, श्रावण १२ २०८२१०:२०:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार