Jul 27 2026 | २०८३, श्रावण ११ गते

ललितपुर महानगर

समय अगावै स्वेच्छिक अवकाश लिन चाहने शिक्षकको लागि तीन लाख सम्मको प्याकेज घोषणा !

समय अगावै स्वेच्छिक अवकाश लिन चाहने शिक्षकको लागि तीन लाख सम्मको प्याकेज घोषणा !

  • 1.0K
    SHARES

  • समय अगावै स्वेच्छिक अवकाश लिन चाहने शिक्षकको लागि तीन लाख सम्मको प्याकेज घोषणा !

    काठमाडौं - ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि यस्तो योजना ल्याइएको हो ।

    महानगरले एक सूचना जारी गर्दै २०७८ साल साउनपछी ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    त्यसै गरि महानगरले सेवा अवधीका आधारमा १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख, २ वर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख र चार वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख ५० हजार दिने घोषणा गरेको हो ।

    महानगरले दरबन्दी मिलान सहज बनाउन र सार्वजनिक शिक्षाको स्तरउन्नतिका लागि यस्तो सुविधा प्याकेजको प्रस्ताव जनाएको छ ।

    महनगर ले जरि गरेको सुचननुसार स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिनभित्र आवश्यक कागजातसहित महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्ने छ ।

    हेर्नुस सुचना सहित ! Screenshot_20210401-204040_Facebook.jpg

    images
    बिहिवार, चैत्र १९ २०७७०९:२३:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार