शुक्रवार, श्रावण २४ २०८२
साउन, २३ गते/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लास्तरीय अन्तर- विद्यालय फूटसल प्रतियोगिता शुरु भएको छ। शुक्रबार काठमाडौँको सुकेधारास्थित बागमती बोर्डिङ स्कुलको फूटसल मैदानमा खेलहरु शुरु भएको हुन्।

उक्त प्रतियोगितामा काठमाडौँ जिल्ला भरबाट छानिएका ४५ विद्यालय सहभागी रहेका छन भने खेलहरु लिगकम नकआउटका आधारमा खेलाइएको छ। फूटसल प्रतियोगिता साउन २३,२४ र २५ गतेसम्म सञ्चालन हुनेछन।
पढाई संगै शारीरिक तथा मानसिक विकासको लागि आयोजना गरिएको फूटसल प्रतियोगिता काठमाडौँ जिल्लाअन्तर्गत रहेका नगरपालिकाभरका ६ सय भन्दा बढी विद्यालयबाट छनोट भएर त्यहाँको सदस्य संख्याका आधारमा १५ विद्यालय बराबर एक टिम छनोट गरिएको अध्यक्ष नवराज भट्टले बताउनुभयो।

उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु भाग लिएका छन ।
फूटसल प्रतियोगिता उद्घाटन समारोह प्याब्सन जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष ठकिन कुमार गुरुङको प्रमुख आतिथिको रुपमा रहनुभयो। उक्त समारोहमा प्याब्सनका प्राज्ञिक सल्लाहकार तथा बागमती बोर्डिङ स्कुलका अध्यक्ष डा. सुरेन्द्र सिटौला, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौ महानगरपका अध्यक्ष गगन सिंह ऐर, इसिए बिभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष - धनबहादुर पुन, प्याब्सन काठमाडौ जिल्ला सहसचिव- नारायण रोका, सहसचिव डिएन सिवाकोटी, महानगरका उपाध्यक्ष रबिन बस्नेत, देबु फुयाल, सह-कोषाध्यक्ष धनप्रसाद सुब्बा लगाएत विभिन्न स्कुलको प्रिन्सिपल, शिक्षकहरुको बिशेष उपस्थित रहेको थियो।

प्रतियोगिताको उद्घाटन खेल जेबि स्कुल र ज्ञान मन्दिर का विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको पहिलो दिन २१ वटा खेलहरु भएका छन् । साउन २४ गते दोस्रो दिनको खेलहरु भोलि बिहान ८ बजे देखि शुरुहुने छन्।
उद्घाटन समारोह काठमाडौँ महानगरपालिकाका सचिव आरसी भट्टले संचालन गरेका थिए ।



