शनिवार, श्रावण २५ २०८२
साउन, २४ गते/ काठमाडौ। विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पस छनौट गर्नका लागि आवेदन माग गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय शिक्षा दिवसको अवसरमा “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ को दफा १६ मा भएको व्यवस्था अनुसार २०८२ असोज २ मा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न आवेदन मागेको हो ।
विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामुदायिक र निजी ( प्राइभेट ) क्याम्पसले आ–आफ्नो दावीसहित तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचामा भदौ १० गते भित्र आयोगमा आवेदन दिनुपर्ने जनाएको छ ।
आवेदन फारम, छनौटको मापदण्ड तथा अन्य जानकारी आयोगको वेवसाइटबाट “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७” ugcnepal.edu.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
पुरस्कृत गरिने क्याम्पसमा आङ्गिक क्याम्पस १, सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस १ र सम्बन्धनप्राप्त निजी (प्राइभेट) क्याम्पस १ गरी तीन क्याम्पस पुरस्कारका लागि छनोट गरिने जनाएको छ ।
यस्तो छ सूचना !
