शुक्रवार, श्रावण ३१ २०८२
साउन, ३० गते/ काठमाडौँ । बुढानिलकण्ठ, ६ च्यासिन्डोलस्थित जेबी स्कुलको आयोजनामा प्रथम जेबी अन्तर-विद्यालय चेस प्रतियोगिता शुरु भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमामा उक्त प्रतियोगिता शुरु भएको हो।

स्विस लिग प्रणालीमा सञ्चालन हुने दुईदिने यस प्रतियोगितामा विभिन्न विद्यालयका २०० विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। विद्यार्थीहरुको कक्षा र उमेरको आधारमा छात्र तर्फ तिन Category र छात्रा तर्फ दुई Category मा विभाजन गरेर खेलहरु खेलाइएको छ। आज शुरुभएको उक्त प्रतियोगितामा भोलि शनिवार फाइन खेलहरु खेलाइने छन्।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मान गरिनेछ । उक्त प्रतियोगिताले चेसको माध्यमबाट शैक्षिक संस्था र विद्यार्थीबीचको नेटवर्क विस्तार, प्रतिस्पर्धा र सहकार्यको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल नारायण रोकाले बताउनुभयो।