Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान इन्टरनेशनल कलेजले स्नातक तहमा ३९ जनालाई बिशेष छात्रवृत्ति प्रदान गर्ने

सान इन्टरनेशनल कलेजले स्नातक तहमा ३९ जनालाई बिशेष छात्रवृत्ति प्रदान गर्ने

  • 846
    SHARES

  • सान इन्टरनेशनल कलेजले स्नातक तहमा ३९ जनालाई बिशेष छात्रवृत्ति प्रदान गर्ने

    ३०, साउन - काठमाडौँ । चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित लायन्स क्लब अफ इन्द्र अन्नपूर्णयाेगाले स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शुक्रबार आयाेजित पत्रकार भेटघाट कार्यक्रममा उक्त क्लबले सान इन्टरनेशनल कलेज संग सहकार्य गर्दै स्नातक तहका विभिन्न कार्यक्रममा छात्रवृत्ति दिने जानकारी दिएको हो।

    लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योग ले “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” शीर्षकमा सान इन्टरनेशनल कलेजमा स्नातक तहका कार्यक्रमहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रम सुरू गर्न लागेको लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगका अध्यक्ष उदय प्रसाद भण्डारीले जानकारी दिनुभयो।

    लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगको सहयोग र सान इन्टरनेशनल कलेजको सहकार्यमा B.Sc. Biotechnology – ५ सिट, BIT – ५ सिट, BBA – १५ सिट, B.Sc. CSIT – ४ सिट, BCA – ४ सिट र BA.LLB – ६ सिटको लागि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको छ।

    उक्त पत्रकार सम्मेलनमा सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष कुमार घिमिरे, कलेजका कार्यक्रम निर्देशक ध्रुब खड्का लागाएतको उपस्थिति रहेको थियो।

    सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष कुमार घिमिरेका अनुसार कोहि पनि मानिस आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुले लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योग संग सहकार्य गरेर बिशेष छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो। घिमिरे यश क्लबका कोषाध्यक्षसमेत हुनुहुन्छ।

    images
    शुक्रवार, श्रावण ३१ २०८२१०:१८:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार