Jul 27 2026 | २०८३, श्रावण ११ गते

निजी विद्यालय संगठनद्वारा आन्दोलन घोषणा: भदौ १२ बाट विद्यालय बन्द हुनसक्छन्।

निजी विद्यालय संगठनद्वारा आन्दोलन घोषणा: भदौ १२ बाट विद्यालय बन्द हुनसक्छन्।

  • 1.0K
    SHARES

  • निजी विद्यालय संगठनद्वारा आन्दोलन घोषणा: भदौ १२ बाट विद्यालय बन्द हुनसक्छन्।

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा आफ्ना माग समेट्न माग गर्दै निजी विद्यालयका संगठनहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान र एपेनको केन्द्रीय कार्य समितिले आज भदौ ८ देखि १२ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।

    उनीहरूले भोलि भाद्र ८ गते आन्तरिक तयारी गर्ने, भाद्र ९ गते प्रतिनिधिसभा र प्रदेश अन्तर्गतका प्रदेशसभा अगाडि प्रदर्शन गर्ने, भाद्र ११ गते जिल्ला सदरमुकाम र काठमाडौँमा बृहत अन्तरक्रिया गर्ने र भाद्र १२ गते विद्यालय बन्द गर्नेसम्मको अल्टिमेटम दिएर सिडिओ कार्यालय अगाडि कोणसभा गर्ने कार्यक्रम राखेका छन्।

    निजि विद्यालय संचालकहरुले पुर्ण छात्रवृत्ति र कम्पनी ऐनअनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन्।

    उनिहरुले विद्यालयमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तकलगायत उपलब्ध गराउन नसक्ने भन्दै यस्तो प्राबधान नहटाए भदौ १२ गतेबाट विद्यालय बन्द गर्ने आन्दोलन गर्न समेत पछाडी नहट्ने चेतावनी दिएका छन् ।

    निजी विद्यालयले राखेका पाँच मागहरू:-

    १) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।

    २) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने ।

    ३) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

    ४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने ।

    ५) कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था हटाउनुपर्ने ।

    FB_IMG_1755964977478.jpg

    images
    शनिवार, भाद्र ७ २०८२०९:४४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार