Oct 02 2026 | २०८३, आश्विन १६ गते

निजी विद्यालय सञ्चालकहरूले काठमाडौँमा विद्यालय बसको र्‍याली निकाल्ने

निजी विद्यालय सञ्चालकहरूले काठमाडौँमा विद्यालय बसको र्‍याली निकाल्ने

  • 678
    SHARES

  • निजी विद्यालय सञ्चालकहरूले  काठमाडौँमा विद्यालय बसको र्‍याली निकाल्ने

    भदौ १६ गते/ काठमाडौं । निजी विद्यालय संचालकहरूले आज काठमाडौ उपत्यकामा स्कुल बसको र्‍याली गर्ने भएका छन। प्रतिनिधि सभाको शिक्षा समिती बाट पारित भई सदनमा पेश भएको विद्यालाय शिक्षा ऐनमा प्रस्तावित केही बुँदाहरुमा असहमति जनाउदै आन्दोलन स्वरुप विद्यालय बस र्‍याली गर्ने भएका हुन् ।

    आइतबार बसेको प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको बैठकले संयुक्त रूपमा र्‍याली निकाल्ने निर्णय गरेको थियो।

    निजि विद्यालय संचालकहरुले ‘पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने शब्द विधेयकबाट हटाउनुपर्ने मुख्य माग रहेको छ। त्यसैको बिरोध स्वरुप आज काठमाडौं, ललितपुर र भक्तपुरमा विद्यालय बसको र्‍यालि निस्कने जानकारी दिएको छ।

    उपत्यका बाहिरी जिल्लाहरूको हकमा पायक पर्ने चोकमा प्रवेश गरी नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।

    त्यसैगरी हाललाई विद्यालय बन्द गर्ने कार्यक्रम नरहेको र यदि माग पूरा नभए विद्यालय बन्द गर्ने हदसम्म जन्ने उनिहरुले योजना रहेको छ। भदौ २५ गते प्रतिनिधिसभा विधेयक बारे छलफल गरि भदौ २६ गते सदनबाट पास गर्ने कार्यतालिका रहेको छ।

    images
    सोमवार, भाद्र १६ २०८२०६:५८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार