सोमवार, भाद्र २३ २०८२
२३ भदौ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लागि दर्खास्त आह्वान गरेको छ । विश्वविद्यालय सेवा आयोगले 348 जना उप-प्राध्यापकको लागि दर्खास्त आह्वान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरूका लागि विभिन्न विषयका उप-प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०८२ भाद्र २९ गतेदेखि मिति २०८२ कार्तिक १२ गते रातको ११:५९ बजेसम्ममा र दोब्बर दस्तुर तिरेर मिति २०८२ कार्तिक १९ गते रातको ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ।
आवेदन दिन त्रि. वि. सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मा अंकित Online Application वा सिधै https://teachervacancy.tu.edu.np मार्फत अनलाइन दरखास्त दिन सकिने छ।
म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कार्यवाही हुने छैन ।

