बिहिवार, भाद्र २६ २०८२
२६, भदौ/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको अध्यापन कात्तिक ११ देखि मात्र सुरु हुने भएको छ ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिनसम्म त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन/पाठन कार्य वन्द गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयले एक सूचना जारी गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिनसम्म त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन/पाठन कार्य वन्द गर्ने निर्णय गरिएको र नियमित पठन/पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ।
