Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्तरपुस्तिका जलेपछी त्रिविद्वारा पुन परिक्षाको तयारी ।

उत्तरपुस्तिका जलेपछी त्रिविद्वारा पुन परिक्षाको तयारी ।

  • 464
    SHARES

  • उत्तरपुस्तिका जलेपछी त्रिविद्वारा पुन परिक्षाको तयारी ।

    २४, असोज/ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा रद्द गरिएको जानकारी गराउदै उत्तरपुस्तिका जलेर नष्ट भएको तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको परीक्षा पुन: गर्ने निर्णय गरेको हो।

    यसअघि वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको थियो ।

    २२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् ।

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो।

    सम्बन्धित परीक्षा केन्द्र तथा सो केन्द्रमा परेका क्याम्पसहरुले आ-आफ्ना विद्यार्थीहरुलाई उक्त दिनहरुका परीक्षा पुनः दिनु पर्ने बल्खुले जनाएको छ ।

    FB_IMG_1760019666879.jpg

    images
    शुक्रवार, आश्विन २४ २०८२११:११:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार