मंगलवार, आश्विन २८ २०८२
२८, असोज। “६ महिना देखि तलब नपाएका चन्द्रपुर नगरपालिका, रौतहटका आक्रोशित शिक्षक र बालविकास कर्मचारीले सामूहिक भेला सहित मागपत्र बुझाउँदै कडा चेतावनी दिएला छन् ।
सोमवार साँझ ५ बजे चन्द्रपुर नगरपालिकामा अवस्थित ४७ मध्ये ३५ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको संयुक्त भेला सम्पन्न सहित मागपत्र बुझाएका हुन् ।
शिक्षक तथा कर्मचारीहरुलेले चन्द्रपुर नगरपालिका को प्रमुख प्रशाशकिय प्रमुख डाक्टर श्रवण कुमार साह, चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मन्डल, शिक्षा अधिकृत जुना तिमल्सिनालाई मागपत्र बुझाएका हुन्।
उक्त भेलाको अध्यक्षता चन्द्रपुरमा हालै गठन गरिएको बौद्धिक शिक्षक समूहका संयोजक तथा जनता आधारभूत विद्यालयका प्रमुख श्री ध्रुव सिग्देलले गर्नुभएको थियो।

भेलामा सहभागी शिक्षकहरूले नगर प्रमुख प्रशासकीय अधिकृत श्री श्रवण कुमार साह, शिक्षा शाखा प्रमुख श्री दिपेन्द्र कुमार मण्डल, र शिक्षा शाखा अधिकृत श्री जुना तिमल्सिनालाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानको माग गरेका छन्।
ज्ञापनपत्रमा उठाइएका मुख्य मागहरू यसप्रकार छन् —
१. ६ महिनादेखि रोकिएको बाल विकास कर्मचारीहरूको बाँकी तलब तुरुन्त भुक्तानी, २. कार्यालय सहयोगीहरूको ६ महिन देखिको छुट तलब भुक्तानी।
३. स्वयंसेवक शिक्षक सम्बन्धी अन्यौलता हटाउँदै,९ महिनादेखि रोकिएको बाकी तलब अबिलम्ब भुक्तानी गर्न जोडदार माग।
शिक्षकहरूले मागपत्रमार्फत स्पष्ट चेतावनी दिदै “अब पनि सुनुवाइ नभए कडा आन्दोलनको बाटो लिन बाध्य हुने बताएक छन्। यो भेला चन्द्रपुरका शिक्षकहरूको एकता, असन्तोष र अधिकारका लागि उठेको सशक्त आवाज बनेको छ।