Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत शैक्षिक वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक

त्रिविद्वारा वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत शैक्षिक वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक

  • 2.6K
    SHARES

  • त्रिविद्वारा वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत शैक्षिक वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक

    १२, कार्तिक/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय तथा अध्ययन संस्थाहरुको स्नातक तथा स्नातकोत्तर तहको वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत शैक्षिक वर्ष २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। मंगलबार विश्वविद्यालयले शैक्षिक बर्ष २०८२ का सुरु लागि स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेस्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेस्टर प्रणालीको ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको हो।

    त्रिविका शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद् बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरिएको जानकारी दिए। उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरिएको बताए। उनले त्रिविका ६४ आंगिकसहित सम्बन्धनप्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेन्डर’अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए।

    ‘शैक्षिक क्यालेन्डर’अनुसार स्नातक तह सेमेस्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मंसिलाई तोकिएको छ।

    त्यस्तै स्नातक तहतर्फ आठवटा सेमेस्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका शैक्षिक क्यालेन्डरमा रहेको छ। प्रथम सेमेस्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ।

    स्नातक तहको आठ सेमेस्टर निर्धारित चार वर्षमा सक्नेगरी क्यालेन्डर बनाइएको छ। आठ सेमेस्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ। यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मंसिरसम्म भर्ना र मंसिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ।

    त्यसैगरी वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ। चौथौ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेन्डरमा उल्लेख गरिएको छ। यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेस्टर प्रणालीअन्तर्गतको यस शैक्षिकसत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

    क्यालेन्डरअनुसार २०८२ सालको शैक्षिकसत्रका लागि प्रथम सेमेस्टरको भर्नाका लागि फारम वितरण यही मंसिर, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ। यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मंसिरमा पढाइ पूरा गर्नेछन्। शैक्षिकसत्रको चौथो सेमेस्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मंसिर हुनेछ।

    FB_IMG_1761739241878.jpgFB_IMG_1761739243346.jpgFB_IMG_1761739244582.jpg

    images
    बुधवार, कार्तिक १३ २०८२०८:०७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार