Jul 27 2026 | २०८३, श्रावण ११ गते

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक-कर्मचारीलाई सम्पर्कमा आउन त्रिविको ३५ दिनको अल्टिमेटम

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक-कर्मचारीलाई सम्पर्कमा आउन त्रिविको ३५ दिनको अल्टिमेटम

  • 454
    SHARES

  • अध्ययन बिदा लिएर नफर्किएका शिक्षक-कर्मचारीलाई सम्पर्कमा आउन त्रिविको ३५ दिनको अल्टिमेटम

    १४, कार्तिक/ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा उपभोग पश्चात् सेवामा नफर्केका शिक्षक कर्मचारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना निकालेर त्रिविलाई नोक्सान पारेर नफर्किएका शिक्षक कर्मचारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन भनेको हो।

    अध्ययन विदा उपभोग गरि हाजिरी नभएका /शर्त अनुसार पुरा समय काम नगरेका/सेवाबाट हटाइएका / राजिनामा स्वीकृत गरि बुझबुझारथ नगरेका/राजिनामा पेश गरि स्वीकृत नभएका शिक्षक कर्मचारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र समितिको कार्यालय वा studyleave@tu.edu.np मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ सुचनामा भनिएको छ। अन्यथा त्रिवि नियमानुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाइने बताइएको छ।

    FB_IMG_1761970576850.jpg

    त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरुबाट अध्ययन विदाको शर्त उल्लंघन गरेको देखिन्छ ।

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले डा. काफ्लेको अध्यक्षतामा अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति बनाएको छ। उक्त समितिले रजिस्ट्रार कार्यालयमा हेल्प डेस्क बनाएर नफर्किएका शिक्षक कर्मचारीलाई सम्पर्कमा ल्याउन र रकम फिर्ता गराउन सहजीकरण गरिरहेको छ।

    यसअघि त्रिविका शिक्षक कर्मचारीले अध्ययन बिदा लिएर नफर्किएको समाचार प्रकाशित भएपछि उपप्राध्यापक डा. काफ्लेकै संयोजकत्वमा खोनबिन समिति बनाइएको थियो। समितिले खोजबिन गर्दा ३९८ जना शिक्षक कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको थियो। यी शिक्षक कर्मचारीबाट त्रिविले २ अर्ब बढी रकम फिर्ता लिनुपर्ने देखिएको छ।

    त्रिविको नियमअनुसार प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउँछन्। बिदा सकिएपछि सेवामा फर्किनुपर्ने हो। ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने नियम छ। यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ। तर बिदा सकिएपछि शिक्षक कर्मचारी सेवामा फर्किने गरेका छैनन्।

    त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब-भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन्। खाईपाई आएको तलब-भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ। तर शिक्षकले कबुलियतको पालना गर्ने गरेका छैनन्। त्यसैले रकम फिर्ता गराउन त्रिविले हेल्क डेस्क नै स्थापना गरेको हो।

    images
    शनिवार, कार्तिक १६ २०८२१२:२४:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार