शुक्रवार, कार्तिक २९ २०८२
२८, कार्तिक/ काठमाडौँ। यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षा नजिकिदै गर्दा शिर्जनशील शिक्षा उद्धमी मञ्च ( Creative Education Entrepreneurs Forum /CEEF) सेफले एसईई २०८२ मा सहभागी हुने विद्यार्थीहरुका लागि मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ। बिहीवार काठमाडौ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभाहलमा एक कार्यक्रमका विच SEE Boost Up Motivation Training कार्यक्रम सम्पन्न गरेको हो।

यतिबेला विद्यार्थीहरु बिशेषगरि परिक्षामा के आउँछ र कसरी लेख्ने भन्ने विषयमा चिन्तित हुन्छन् । अनेक विषयहरु मनमा उब्जाएर परिक्षाको तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरी CEEF ले मोटिभेसन स्पिकर डा. तारा प्रसाद गिरिमार्फत ‘मोटिभेसनल’ तालिम प्रदान गरेको आयोजकले जनाएको छ। उक्त तालिममा सेफ सम्बद्घ २३ विद्यालयका करिब ७ सयभन्दा बढि विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै हिसानका उपाध्यक्ष तथा काठमाडौ भ्याली स्कुल/कलेजका अध्यक्ष स्वागत श्रेष्ठले विद्यार्थीले निरन्तर अभ्यास र आत्मअनुशासनमार्फत सफलता हासिल गर्न सकिने सन्देश दिनुभयो। उहाँले सकारात्मक सोच बनाएर पढाई प्रति रुचि बढाउन सकिने बताउनुभयो ।

Motivation Training मा विद्यार्थीलाई अध्ययनमा आत्मविश्वास जगाउने, समय व्यवस्थापन गर्ने, परीक्षा तयारीका प्रभावकारी उपायहरू अपनाउने तथा जीवनमा सकारात्मक सोच विकसित गर्ने बारेमा डा. तारा प्रसाद गिरिले प्रशिक्षण दिनुभयो । उक्त तालिममा मोटिभेसन स्पिकर डा. तारा प्रसाद गिरिले विद्यार्थीले पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । जिवनमा सफल हुने विद्यार्थीले आफ्नो जिवनको लक्ष निर्धारण गर्नुपर्ने भन्दै गिरिले भन्नुभयो, सफलताकोलागी संकल्प चाहिन्छ।, जहाँ लडिन्छ, त्यही टेकेर उठिन्छ । त्यसैले जिवनमा कहिले हार मान्न हुदैन।'

आउने चैतमा हुने एसईई परिक्षाको लागि बाँकी रहेको चार महिना तालिका बनाएर पढ्न उत्प्रेरित गर्नुभयो। उहाँले आफ्नो र आफ्नो बुबाआमाको सपना पूरा गर्न पनि अथक मिहेनत गर्नुपर्ने बताउनुभयो।

एसईई परिक्षा दिने विद्यार्थीहरुको आत्मबलमा बढाउने उदेश्यले विद्यार्थीलाई लक्षित गरी प्याब्सनले उक्त कार्यक्रम संचालन गरेको र सेफले गरेको कार्यक्रमपनि त्यसैको निरन्तरता भएको प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टले बताउनुभयो। साथै हरेक नगर र क्लस्टरहरुमा समेत यस्तो कार्यक्रम संञ्चालग गर्ने उहाँको भनाई छ।

SEE Boost up कार्यक्रमले एसईई परिक्षामा सहभागी हुने विद्यार्थीको मनोवल थप उचो हुने र नतिजामा सुधार आउने बिश्वास लिएको छ।
Motivation Training ले विद्यार्थीहरुमा पढ्ने बानिको बिकास हुने र यसले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने सेफका अध्यक्ष तथा प्याब्सनका केन्द्रिय सह-अध्यक्ष गोपाल प्रसाद आचार्यले बताउनुभयो ।’ विद्यार्थीहरु सफल हुन कडा मिहेनत र आत्मबल बिकास गर्नुपर्ने आचार्यको भनाई छ।

उक्त तालिम तथा प्रशिक्षण कार्यक्रम गर्न काठमाडौ जिल्ला प्याब्सनले सहयोग गरेको थियो भने काठमाडौ भ्याली स्कुलले प्रायोजनको भुमिका निर्वाह गरेको थियो। उक्त कार्यक्रम CEEF का सचिव सुर्य बहादुर केसिले संचालन गर्नुभयो। साथै सेफका उपाध्यक्ष ऋषि न्यौपानेले स्वागत मन्तव्य दिनुभयो।

उक्त कार्यक्रममा प्याब्सनका सह-अध्यक्ष तथा सेफका अध्यक्ष तथा गोपाल प्रसाद आचार्य, हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन बागमती प्रदेशका सल्लाहकार सहजी पन्त, काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, बरिस्ठ उपाध्यक्ष सुदर्शन थापा, सचीव कृष्ण भण्डारी, उपाध्यक्ष आर बि अधिकारी, धन पुन, सुर्य बहादुर भण्डारी, कोषाध्यक्ष डिएन अधिकारी, सह-सचिव जयराम चापागाईं, काठमाडौँ महानगर अध्यक्ष गगन सिंह ऐर, नागार्जुन नगरप्रमुख बाशुदेव घिमिरे, चन्द्रागिरी अध्यक्ष सरोज महर्जन, सेफका कोषाध्यक्ष राजेन्द्र प्रसाद अधिकारी, लगाएत प्याब्सन सम्बद्ध काठमाडौँ जिल्लाका पदाधिकारी , सदस्य लगाएत सेफका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।



