Jul 27 2026 | २०८३, श्रावण ११ गते

१४औं प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता शुरु

१४औं प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता शुरु

  • 572
    SHARES

  • १४औं प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता शुरु

    ८, मंसिर/ काठमाडौँ, बुद्धनगर । इनोभेटिभ इङ्लिस स्कुल, बुद्धनगरमा १४औं प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता सुरु भएको छ। प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष धनप्रसाद सुब्बाको सभापतित्व तथा प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेलको प्रमुख आतिथ्यमा उक्त प्रतियोगीता शुरु भयो।

    IMG-20251124-WA0026.jpg

    प्रतियोगितामा मध्य क्षेत्रीय समिती सदस्य ५० विद्यालयमध्येबाट छनोट भएका २० विद्यालयबाट जम्मा ४० वटा टिम सहभागी भएका छन्। जसमध्ये ११ वटा छात्रा टिम, १२ वटा जुनियर टि र १९ वटा सिनियर छात्र (पुरुष) टिम ले भाग लिएका छन्।

    IMG-20251124-WA0066.jpg

    प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गर्ल्समा २ गरी १४ खेल सम्पन्न भए । सिनियर ब्वाइजमा इभरेष्ट फ्लोरिडाले अल्बर्टलाई ४९–१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३–२३, श्रृजनशीललाई ३३–८, काठमाडौं इङलिस स्कुल ९केइएस० ले स्पाङ्गललाई २२–१७, हेम्सले एसियनलाई ३३–१४ र मार्वलसलाई ३९–२२ तथा अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५–५ ले पराजित गरे।

    IMG-20251124-WA0046.jpg

    जुनियर ब्वाइजमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१–१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४–८, हेम्सले चैतन्यलाई १८–११ र सनसाइनले मार्वलसलाई २१–११ ले हराए।

    उक्त प्रतियोगिता खेलकुद विकास तथा विद्यार्थीहरुमा अनुशासन, आत्मविश्वास वृद्धि विश्वास लिइएको छ। विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, नेतृत्व क्षमता र टिमवर्क सिक्न सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ।

    IMG-20251124-WA0009.jpg

    बास्केटबल उद्घाटन समारोहमा प्याब्सन काठमाडौं महानगर अध्यक्ष तथा विशेष अतिथि गगन सिंह ऐर, सचिव जीवन पन्थी लगाएत मध्य क्षेत्रीय समितिका पदाधिकारी, सदस्य तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो। भने उक्त कार्यक्रममा इनोभेटिभ इङ्लिस स्कुलका प्रिन्सिपल बिजय थापाले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रमको सुरुवात विद्यार्थीहरूले आकर्षक मार्चपास प्रदर्सन प्रदर्सन गरेका थिए।

    IMG-20251124-WA0079.jpg

    प्रतियोगिताको समापन आगामी १३ गते शनिबार हुनेछ। विजेता टिमहरूले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्ने छन्। प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित बास्केटबल प्रतियोगिता राजधानीका विद्यालयहरूबीचको प्रमुख खेलकुद प्रतिस्पर्धा मानिन्छ।

    IMG-20251124-WA0073.jpg

    images
    सोमवार, मंसिर ९ २०८२११:३७:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार