Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौं महानगरद्वारा आयोजित अन्तर–विद्यालय भलिबल प्रतियोगिता बिहीवारबाट शुरु हुने।

प्याब्सन काठमाडौं महानगरद्वारा आयोजित अन्तर–विद्यालय भलिबल प्रतियोगिता बिहीवारबाट शुरु हुने।

  • 882
    SHARES

  • प्याब्सन काठमाडौं महानगरद्वारा आयोजित अन्तर–विद्यालय भलिबल प्रतियोगिता बिहीवारबाट शुरु हुने।

    ९,मंसिर/ काठमाडौं । निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन काठमाडौं महानगरको आयोजनामा “प्याब्सन जिल्ला स्तरीय अन्तर–विद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता–२०८२” बिहीवार बाट शुरु हुने भएको छ। प्याब्सन काठमाडौँ महानगरको आयोजना उक्त प्रतियोगिता आगामी मंसिर ११, १२ र १३ गते हुने भएको हो।

    प्रतियोगिता काठमाडौंको वालुवाटारस्थित न्यूटन स्कूलमा आयोजना गरिने कार्यक्रम संयोजक राम केसीले जानकारी दिएका छन्।

    उक्त प्रतियोगितामा कुल ३२ विद्यालयको सहभागिता आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। प्रतियोगितामा छात्रातर्फ १४ तथा छात्रतर्फ १८ गरी कुल ३२ विद्यालयको सहभागिता रहनेछ।

    भलिबल प्रतियोगिता मा बिजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय/विद्यार्थीलाई क्रमशः रु. २५,०००, रु. १५,००० र रु. १०,००० नगदसहित ट्रफी, प्रमाण–पत्र र मेडल प्रदान गरिनेछ। साथै Best Spiker, Best Setter, Best Blocker, Best Server र Best Defence विधाका उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    प्रतियोगितामा राष्ट्रिय स्तरका रेफ्रीहरू सहितको टोली रहनेछ भने स्वास्थ्य सेवा सहयोगको जिम्मेवारी बसुन्धारास्थित ग्रीनसिटी अस्पतालले लिएको आयोजकले जनाएको छ।

    राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न काठमाडौँ महानगरका अध्यक्ष गगन सिंह ऐरले बताउनुभयो। भलिबल खेलका माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ऐरको भनाई छ।

    नेपालको कुल शिक्षामा निजी क्षेत्रले करिब ३० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको निजि शिक्षण संस्थाले गुणस्तरीय शिक्षा सँगसँगै खेलकुदमा पनि महत्वपूर्ण योगदान पुर्‍याउदै आएको छ।

    यसअघि प्याब्सन काठमाडौँ महानगरपालिकाले फुटसल प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरेको छ  भने मांसिर १५ गतेदेखि बास्केटबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको महानगर सचीव आर सी भट्टले बताउनुभयो । 

    images
    मंगलवार, मंसिर १० २०८२०८:२२:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार