बुधवार, मंसिर ११ २०८२
१०, मंसिर/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले लघु अनुसन्धान परियोजनाकआ लागि प्रस्ताव आह्वान गरेको छ।
त्रिवि अनुसन्धान निर्देशनालयले अनुदान कोषबाट सञ्चालन हुने शोध प्रबन्ध अनुसन्धान परियोजनाको लागि प्रस्ताव आव्हान गरेको हो ।
यसअन्तर्गत विश्वविद्यालयका विभाग, कार्यालय तथा क्याम्पसहरूमा कार्यरत करार, अस्थायी तथा स्थायी शिक्षक तथा कर्मचारीबाट अनुसन्धान गर्न इच्छुक व्यक्तिहरूले अनुसन्धान प्रस्ताव पेश गर्न आग्रह गरिएको छ।
निर्देशनालयका अनुसार प्रस्ताव बुझाउने अन्तिम मिति २०७९ पौष १ गते दिउँसो २ बजेसम्म तोकिएको छ।
बिस्तृत जानकारीका लागि त्रिभुवन विश्वविद्यालयको वेबसाइट www.tu.edu.np मा हेर्न सकिनेछ।
