Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन विश्वविद्यालयको सभा बाट नीति तथा कार्यक्रम पारीत

त्रिभुवन विश्वविद्यालयको सभा बाट नीति तथा कार्यक्रम पारीत

  • 436
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको सभा बाट  नीति तथा कार्यक्रम पारीत

    ११, मंसिर / काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकबाट आर्थिक वर्ष २०८२।०८३ को लागि नीति तथा कार्यक्रम पारित गरिएको छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजि सभाले त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियममा गरिएको संशोधन प्रस्ताव पनि पारीत गरेको हो ।

    बुधबार सम्पन्न भएको त्रिवि सभामा पारित नीति तथा कार्यक्रमका महत्वपूर्ण बुँदाहरु मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुनर्संरचना तथा विकास, सूचना प्रविधि र डिजिटल रुपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको स्रोत परिचालन, अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन, अन्तर्राष्ट्रियकण र विश्वश्रेणीकरणमा सुधार र वित्तीय व्यवस्थापनका सम्बन्धमा नीतिगत सुधारका प्रस्ताव आदि रहेका छन् ।

    उक्त सभामा उच्चशिक्षाको अध्ययन अध्यापनमा उद्यमशिलता र रोजगारीको अवधारणा संलग्न गरिनुका साथै उच्च शिक्षामा आम समुदायको पहुँच, उच्चशिक्षाको गुणस्तर अभिबृद्धि, दक्ष जनशक्ति व्यवस्थापन तथा अनुसन्धान र स्तरीय प्रकाशनलाई प्राथिमकता दिइएको बताइएको छ।

    त्रिवि सभाको साधरण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयले देशको लागि आवश्यक महत्वपूर्ण दक्ष जनशक्ति निर्माण गरी राष्ट्रको विकासमा योगदान गरिरहेको बताउनुभयो । देशको कमजोर आर्थिक अवस्थाका कारण अपेक्षित रुपमा विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध गराउन असहज भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई आत्मनिर्भरता तर्फ अघि बढ्न र स्वआर्जनका विभिन्न स्रोतहरु खोज्न र अन्तराष्ट्रिय अनुदान र कार्यक्रमहरुमा समेत संलग्न भई आर्थिक स्रोतहरुको संकलन गर्नुपर्ने उहाँको भनाई थियो ।

    त्यसैगरी प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयको कुलपति त्रिवि सभाले आफै चयन गर्न पाउनुपर्ने पर्छ भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै विश्वविद्यालय आफ्नो नीति, कार्यक्रम र बजेट निर्माण गरी कार्यान्वयन गर्न पूर्णरुपमा स्वत्नत्र बनाइनुपर्ने धारणा समेत ब्यक्त गर्नुभयो ।

    सभामा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गाको सम्वन्धमा गठित समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न, विश्वविद्यालयका चार वटा अनुसन्धान केन्द्रहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान गर्ने गरी पूर्नविकास गर्न, विश्वविद्यालय परिसरलाई सौन्दर्यकरण गर्न, विदेश अनुसन्धानकर्ता तथा विद्यार्थी आकर्षण गर्ने गरी शैक्षिक वातावरण निर्माण गर्न, प्रयोगशाला र पुस्तकालयहरुलाई थप व्यवस्थित गर्न, शैक्षिक क्यालेण्डरको कार्यान्वयन गरी विद्यार्थीका गुनासो सम्वोधन गर्न, परीक्षा नियन्त्रण कार्यालयमा हुने गरेका ढिलासुस्तीलाई तत्काल सम्वोधन गर्न, व्यवहारिक अनुसन्धानमा विशेष ध्यान दिन, विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने व्यवस्था गर्न रविश्वविद्यालयका सबै शैक्षिक तथा प्रशासनिक डाटाहरुलाई व्यवस्थित गरी डिजिटलाइजेसनमा थप काम गर्न आग्रह गरे ।

    सभामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले विश्वविद्यालयको नीति तथा कार्यक्रम सभा समक्ष पेश गरेका थिए । त्यसैगरी त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम २०५० मा स्तरवृद्धि सम्बन्धी व्यवस्थामा संशोधन प्रस्ताव सभामा पेश गरेका थिए ।

     

    images
    बिहिवार, मंसिर १२ २०८२०६:३१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार